श्रावण ८ गते । जिल्ला प्रहरी कार्यालय पर्साले ९४ लाख बढीको औषधी, खुद्रा तथा हार्डवेयर सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरस्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा प्रहरीले दुई वटा ट्रक नियन्त्रणमा लिएको हो ।
ना.३ ख ५६७१ र ना. ०४ ख ५०१ नम्बरका दुई वटा ट्रकबाट ९४ लाख १५ हजार ७०५ रुपैयाँ बराबरको औषधी, खुद्रा तथा हार्डवेयर सामग्री बरामद गरिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।
बरामद सामग्रीसहित दुई वटै ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।
Discussion about this post