nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दलित समुदायका पत्रकारलाई चौतर्फी चुनौती

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ४, २०८१, ९:०७ मध्यान्ह
दलित समुदायका पत्रकारलाई चौतर्फी चुनौती

मिर्चैया (सिरहा)/श्रावण ४ गते। दलित समुदायका पत्रकारहरूले आफूहरूलाई पत्रकारितामार्फत अघि बढ्न चौतर्फी चुनौती पार गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । उसै त आर्थिक अवस्था कमजोर रहेको परिवेशमा जातीय भेदभाव तथा छुवाछूत जस्ता समस्याले पेसा गर्न बाधा पु¥याएको उनीहरूको दाबी छ । दलित समुदायका व्यक्तिलाई पत्रकार नै नमान्ने गैरदलित चलनका कारण पनि यो पेसामा टिक्न गाह«ो भएको उनीहरूको भनाइ छ । युएसएआइडी नेपालको आर्थिक, द एसिया फाउन्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको प्राविधिक सहयोगमा मधेस प्रदेशमा सञ्चालित युएसएआइडी सिभिक सोसाइटी एन्ड मिडिया एक्टिभिटी अन्तर्गत दलित समुदायका नागरिक समाज, जनप्रतिनिधि र पत्रकारहरूको सञ्जाल निर्माण र परिचालन परियोजना अन्तर्गत दलित पत्रकार सञ्जालका पदाधिकारीहरूका लागि आयोजित २ दिने क्षमता विकास तालिममा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।

तालिमका सहभागीहरूले आफूहरूलाई स्थानीय सरकारले समेत क्षमता विकासका लागि कुनै सहयोग नगरेको, उल्टै पत्रकारका रूपमा जाँदा पनि विभेद गर्ने गरेको र सूचना दिनसमेत नमान्ने परिपाटी विकास हुँदै गएको गुनासो पनि गरे । क्षमता अभावका साथै कम्प्युटर, मोबाइल, क्यामेरा जस्ता पत्रकारिताका लागि आवश्यक सामग्रीमेत नहुँदा गैरदलित पत्रकारसरह काम गर्न नसकिएको भनाइ पनि उनीहरूको थियो ।तालिमका क्रममा सहभागीहरूले मधेस प्रदेश सरकारले जारी गरेको दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ र त्यसमा उल्लिखित प्रावधानहरू पालिकाहरूले नै पालना नगरेको जस्ता सवाल उठाएका थिए । साथै अहिले पनि जातीय विभेदका घटना दोहोरिइरहेका र कानुनको कार्यान्वयन प्रभावकारी नभएको विषयमा पनि उनीहरूले रिपोर्टिङ गर्नुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरे ।
तालिमका अवसरमा मधेस प्रदेशका ८ वटै जिल्लाका दलित पत्रकार सञ्जालका पदाधिकारीहरूले आफूहरूबीच एकातिर पत्रकार क्षमता विकासको अवसर पहिल्याउनुपर्ने बाध्यता छ भने अर्कोतिर आफ्नो समुदायका उत्पीडनका घटना पनि उजागर गनुपर्ने दायित्य छ भन्दै थपे– आफूहरू नै अभाव र पीडाबाट गुज्रिरहेका बेला एकैपटक २ वटा जिम्मेवारी पूरा गर्न निकै कठिनाइ भोग्नुपरेको छ ।तालिमका क्रममा प्रशिक्षक डा. विजयप्रसाद मिश्रले पत्रकारले आफ्नो क्षमता वृद्धिका लागि अपनाउनुपर्ने क्रियाशीलता र त्यसले पेसालाई सहज तुल्याउन गर्ने मद्दतबारे जानकारी गराएका थिए । त्यस क्रममा मिश्रले दलित समुदायका पत्रकारको सवल र दुर्वल पक्ष अनि चुनौतीहरू निक्र्यौल गर्दै यसलाई कसरी अवसरमा बदल्ने भन्नेबारे सुझाएका थिए । अर्का प्रशिक्षक पत्रकार रघुनाथ लामिछानेले लेखन पत्रकारिताका माध्यमबाट दलित समुदायका समस्या पहिचान गर्ने, एङ्गलिङ गर्ने, त्यसलाई प्रस्तुत गर्ने तरिकाबारे बताएका थिए । साथै उनले सत्यतथ्य, सन्तुलित र विश्वसनीय पत्रकारिताले मात्र पत्रकारको वास्तविक सुरक्षा गर्न सक्ने भएकाले यो पक्षलाई जस्तै प्रतिकूल अवस्थामा पनि छाड्न नहुने सुझाव दिएका थिए ।

आयोजक संस्था दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानले पालिकाको योजना तर्जुमा, बजेट निर्माण, स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति निर्माण र प्रभावकारी बनाउने जस्ता क्षेत्रमा क्रियाशील तुल्याउन दलित पत्रकार सञ्जालका पदाधिकारीलाई यस्तो क्षमता विकास तालिम कार्यक्रम आयोजना गरिएको जानकारी दिए । खासगरी दलित कार्यपालिका सदस्य, राजनीतिक दलका दलित भातृ सङ्गठनका पदाधिकारी, दलित समुदायका अगुवा पत्रकार र दलित नागरिक समाजका पदाधिकारीहरूलाई सक्रिय तुल्याइ सहकार्य गराउनु आफ्नो संस्थाको मुख्य उद्देश्य रहेको जानकारी पनि गराए ।

Tags: मधेस प्रदेश खबरसिरहा खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशमा बजेटसम्बन्धी विवाद समाधान गर्न बनेको कार्यदलले बुझायो १० बुँदे प्रतिवेदन,यस्ताे छ प्रतिवेदनकाे सारांश

मधेश प्रदेशमा बजेटसम्बन्धी विवाद समाधान गर्न बनेको कार्यदलले बुझायो १० बुँदे प्रतिवेदन,यस्ताे छ प्रतिवेदनकाे सारांश

धनुषामा अवैध काजु र चिनीसहित ट्रक नियन्त्रणमा

धनुषामा अवैध काजु र चिनीसहित ट्रक नियन्त्रणमा

राजेश अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर

राजेश अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेज चार्टर, विकास कुमार साहको नेतृत्वमा कार्यसमिति चयन

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेज चार्टर, विकास कुमार साहको नेतृत्वमा कार्यसमिति चयन

महोत्तरीमा डकैतीमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

महोत्तरीमा डकैतीमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

अख्तियारले महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्धा दायर

घुस लिएको अभियोगमा रौतहट अदालतका डिठ्ठा दोषी ठहर

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

बायुसेवा निगमको अध्यक्षमा श्रेष्ठ नियुक्त

निजी क्षेत्र विपद्‍का बेला सरकारको साथमा, हेलिकोप्टरदेखि ड्रोन उपलब्ध गराउने समझदारी

निजी क्षेत्र विपद्‍का बेला सरकारको साथमा, हेलिकोप्टरदेखि ड्रोन उपलब्ध गराउने समझदारी

यी हुन बालेन्द्र सरकारले आज गरेका ५ निर्णयहरू

यी हुन बालेन्द्र सरकारले आज गरेका ५ निर्णयहरू

गौर हत्याकाण्डमा छानबिन गर्न सर्वोच्चको आदेश

सरकारी बिज्ञापनको एकद्वार नीति सर्वोच्चद्दारा खारेज

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!