जनकपुरधाम। मधेस प्रदेशको प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त भएका छन्। बिहीबार मुख्यमन्त्री सतिशकुमार सिंहले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्।
साह यसअघि आयोगका उदस्यमा थिए। जनमत पार्टीको तर्फबाट सदस्य बनेका साहलाई जनमत पार्टी मधेस सरकारबाट बाहिरीएपछि तत्कालिन मुख्यमन्त्री सरोजकुमार यादवले उनलाई बरखास्त गरेका थिए। यसअघि नीति आयोगको उपाध्यक्षमा नाथु प्रसाद चौधरी थिए।
Discussion about this post