nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ’

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ३, २०८१, १:२३ मध्यान्ह
‘अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ’

जेठ ३ गते। भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले निर्माणाधीन राममन्दिरमा बन्ने ‘रामदरबार’मा नेपालको धनुष राख्न सकिने बताएका छन् ।

नेपाल भ्रमणमा रहेका राय र नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँगको भेटमा उनले धनुषयज्ञमा आधारित अयोध्या र जनकपुरधाम तथा सीता र रामको सम्बन्धलाई जीवन्तता दिन मन्दिरमा सो प्रतिक राख्न आफूले पहल गर्नेसमेत बताए । “नेपाल र भारतको ऐतिहासिक सम्बन्ध छँदैछ, त्यसैमा अयोध्या र जनकपुरधामको विशिष्ठ सम्बन्ध छ । त्यो सम्बन्ध धनुषयज्ञमा आधारित राम र सीताको विवाहले सम्भव भएको हो”, रायले भने, “त्यसैले जनकपुरधामवासीका तर्फबाट धनुष प्रदान गरिएमा त्यसलाई ऐतिहासिक राममन्दिरको दोस्रो तलामा बन्ने रामदरबारमा राख्ने विषयमा मेरो पहल रहन्छ । त्यसले हाम्रो सम्बन्धलाई थप मजबुत बनाउने मेरो विश्वास छ ।”

त्यसै गरी उनले नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरी ल्याइएको शिला (देवशिला) बाट रामललाको मूर्ति बनाउने भनिए पनि कालिगढले केही प्राविधिक पक्ष देखाएर प्रयोग नगरेको समेत बताए । हाल सो शिलालाई दैनिक पूजा अर्चना गर्ने गरी रामसेवक पुरममा राखिएको उनको भनाइ छ । “हामीले मूर्ति बनाउने भनेरै नेपालको कालीगण्डकी नदीबाट शिला लिइएको कुरा सबैको जानकारी मै छ । त्यहाँ मूर्ति बनाउने क्रममा कालिगढले केही प्राविधिक कारणले प्रयोगमा ल्याउने अवस्था भएन तर हाल नेपालको पहिचान झल्किने गरी दैनिक हजारौँ भक्तजनले पूजाअर्चना गर्ने ठाउँमा राखिएको छ ।

त्यसको महत्व, सम्मान र आस्थामा कमी हुन दिएका छैनौँ”, उनले भने । त्यसक्रममा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका नेता निधिले सीताबिना राम र जनकपुरधामबिना अयोध्या अधुरो रहने भन्दै राममन्दिरमा राखिने धनुष नेपालकै हुनु अझ बढी सान्दर्भिक हुने बताए । उनले भने, “भारतीय पक्षकै मागअनुसार नै हामी धनुषको स्वरुप, धातु, आकार बनाउन तयार छौँ ।

त्यसैले सीता र रामको सम्बन्धलाई सधैँ स्मरणीय राख्न पनि त्यहाँ नेपालको धनुष राख्नुपर्छ भन्ने हाम्रो मत हो । त्यसमा तपाई (राय) को भूमिका महत्वपूर्ण छ ।” उनीहरुबिच आगामी अक्टोबरमा द्विपक्षीय छलफल गरेर यो विषयलाई टुङ्ग्याउने सहमति भएको नेता निधिको सचिवालयले जनाएको छ ।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

वाटरल्यान्ड पार्क तोडफोड घटना उत्श्रृखल समूहले गरेको छ : कृष्ण फाउण्डेशन

वाटरल्यान्ड पार्क तोडफोड घटना उत्श्रृखल समूहले गरेको छ : कृष्ण फाउण्डेशन

जीवन विकास लघुवित्तको शाखा कार्यालय तिनकौरिया धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय विदेह धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय गंगुली धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय गंगुली धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सफलतापूर्वक सम्पन्न

जनकपुरधाममा एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धि ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

जनकपुरधाममा एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धि ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

दुधमति नदी उत्खन्न र विकास कार्य अघि बढाउन समितिहरू गठन गर्ने निर्णय

दुधमति नदी उत्खन्न र विकास कार्य अघि बढाउन समितिहरू गठन गर्ने निर्णय

जनकपुरधाममा मधेश प्रदेशसभा सदस्यहरूसँग विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न

जनकपुरधाममा मधेश प्रदेशसभा सदस्यहरूसँग विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न

अस्पतालपछि विद्यालयहरुको अनुगमन गर्दै मधेश प्रदेशको मुख्यमन्त्री सिंह

अस्पतालपछि विद्यालयहरुको अनुगमन गर्दै मधेश प्रदेशको मुख्यमन्त्री सिंह

गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?

गर्मीमा कति पिउने पानी ?

सिराहाको मिर्चैयामा ट्याक्टर दुर्घटना चार मोटरसाइकलमा क्षति

सिराहाको मिर्चैयामा ट्याक्टर दुर्घटना चार मोटरसाइकलमा क्षति

नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेश अध्यक्षमा रासबिहारी यादव चयन

नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेश अध्यक्षमा रासबिहारी यादव चयन

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह
सिरहा सम्बाददाता-महेश सिंह

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!