जनकपुरधाम/वैशाख १७ गते। लियो क्लब अफ जनकपुधामका अध्यक्ष विकाश साहको पहलमा जनकपुरधामबासी द्वारा मटिहानीका अग्नीपीडितहरुको लागि 100 s ग्रुप मार्फत सहयोग गरेको छ।
महोत्तरीको मटिहानीमा भएको भिषण आगलागीपछि खाना, वास, कपासको आवश्यकता अनुसार १०० ग्रुपले दैनिक खाना खुवाउदै आएको छ। बुधवार मटिहानी नगरपालिका वड़ा नं. ६ स्थित जरलहवा गाछी बस्तीमा आगलागिले क्षतिग्रस्त क्षेत्रका पिडितहरुको लागि राहत उपलब्ध गराइएको विकाश साहले बताए।
जनकपुरधाम बासी द्वारा पीडितहरुको लागि चामल १५० kg,दाल ३० kg,आलु ५६ किलो,प्याज ५८ किलो, खाने तेल १२ लिटर, खान पत्ता-२० पोका,पानी गिलास-११ पोका,खुर्सानी धुलो-१ किलो,धनिया-१ किलो,हल्दी १/२,गरम मसला-१/२ किलो र सोयाबीन १० किलो राहत सहयोग गरिएको हो ।
Discussion about this post