बैशाख १२ गते । बेइजिङलगायत चीनका झण्डै आधा प्रमुख सहरहरूमा भासिने समस्या बढिरहेको छ ।
यी शहरहरू देशको पूर्वी भाग र तटमा छन् । यसको कारण भूमिगत पानीको द्रुत निकासी र ठूला भवनहरूको भारी वजन भएको बताइएको छ । यो जानकारी साइन्स जर्नलको अनुसन्धानमा बाहिर आएको हो ।प्रतिवेदनमा भनिएको छ, आगामी १०० वर्षमा अर्थात् २१२० सम्म, चीनको तटीय जनसंख्याको लगभग १० प्रतिशत (५५ मिलियन देखि १२८ मिलियन मानिसहरू) यसबाट प्रभावित हुन सक्छन् । यो अनुसन्धान सन् २०१५ देखि २०२२ सम्म २० लाखभन्दा बढी जनसंख्या भएका चीनका ८२ सहरमा गरिएको थियो ।
अनुसन्धानकर्ताहरूले यस अवधिमा यी चिनियाँ सहरहरूमा भूमि घटेको मापन गरेका थिए । यी ८२ सहरमध्ये करिब आधाको जमिन तीव्र गतिमा भासिँइरहेको पाइएको छ । चीनको ७५ प्रतिशतभन्दा बढी जनसंख्या यी शहरहरूमा बस्छन् । २०२० मा, यहाँ करिब ९२ करोड मानिस बस्दै आएका थिए, जुन विश्वको कुनै पनि सहरी जनसंख्याभन्दा बढी हो ।राजधानी बेइजिङलगायत चीनका ४५ प्रतिशतभन्दा बढी सहरहरू प्रत्येक वर्ष ३ एमएमभन्दा बढीको दरले भासिएको पाइएको छ ।
Discussion about this post