nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाली चियाको निर्यात रोकिएकोप्रति आपत्ति

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख १२, २०८१, ५:५७ मध्यान्ह
नेपाली चियाको निर्यात रोकिएकोप्रति आपत्ति

बैशाख १२ गते । एक सातादेखि गुणस्तर परिक्षणको नाउंमा निर्यातका लागि पठाइएका नेपाली चिया भारतको पश्चिम बंगालको पानीट्यांकीमा रोक लगाइएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

दक्षिण छिमेकी भारत नेपालको सबैभन्दा बढी वैदेशिक व्यापार हुने मुलुक पनि हो । नेपालको वैदेशिक व्यापारको करिव दुई तिहाई हिस्सा ओगटेको भारतले हरेक वर्ष जस्तै नेपाली कृषि उत्पादनको निकासीमा विभिन्न बहानामा रोक लगाएकोप्रति महासंघ आश्चर्य चकित परेको जनाएको छ ।

लामो इतिहास रहेको नेपालको चिया उद्योगले आज पनि अन्तर्राष्ट्रिय स्तरको परिक्षण ल्यावको अभावमा निर्यातका लागि निकै धेरै चुनौतीहरु भोग्दै आएको छ ।

हरेक वर्ष चिया लगायतका नेपाली कृषि उत्पादनको निर्यातमा विभिन्न गैह्र भंसार अवरोध खडा गरिदा नेपालले ठूलो मूल्य चुकाउनु परेको छ । विभिन्न समयमा भएका निर्णय तथा वाणिज्य सन्धीको प्रावधान समेतलाई बेवास्ता गर्दै गुणस्तर परिक्षणको बहानामा नेपाली चियाको भारत निकासीमा समस्या खडा गरिनु चिन्ताको विषय हो ।

भारतले विभिन्न २० वटा नेपाली कृषि वस्तुहरुको भारत निर्यात पूर्व गर्नुपर्ने परिक्षणका लागि नेपालको केन्द्रीय प्रयोगशालालाई नै मान्यता दिने सहमति पनि गरेको थियो । यस सम्बन्धमा अगष्ट २०१९ मा सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका क्रममा पनि नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र फुड सेफ्टी एण्ड स्टायण्डर्ड अथोरिटी अफ इण्डिया बीच सहमतीपत्रमा हस्ताक्षर समेत भएको थियो ।

पछिल्लो पटक एक हप्ता अगाडिदेखि भारतले चिया निर्यातमा अवरोध गरेलगत्तै पश्चिम बंगालको पानीट्यांकीमा सिटीसी र अर्थोडक्स चिया बोकेका नेपालका १६ मालवाहक सवारीसाधन बाटैमा अलपत्र अवस्थामा छन् । भारतले पहिले ५ प्रतिशत कन्साइमेन्ट परीक्षण गरेपछि चिया निर्यात गर्न पाइने प्रावधान थियो तर अहिले शतप्रतिशत चिया परीक्षण गर्नुपर्ने नियम अघि सारेको छ । यस सम्बन्धमा कुनै लिखित निर्णय समेत जारी नभएको चिया उद्योगीहरुले भनेका छन् ।

अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र फुड सेफ्टी एण्ड स्टायण्डर्ड अथोरिटी अफ इण्डिया बीचको सहमतीलाई समेत वेवास्ता गरी गुणस्तरको बहानामा निर्यातका लागि पठाइएका नेपाली चिया बोकेका मालबाहक ट्रकहरु भारतीय नाकामा रोकिनु चिन्ताको विषय हो ।

भारतले अहिले लगाउन खोजेको नयां नियम पुरा गरेर चिया निर्यात असम्भव जस्तै छ । सम्भव नहुने व्यवस्था लागू गर्न खोज्नु भनेको नेपाली उत्पादनलाई प्रभावित पार्न खोज्नु, निरुत्साहित गर्न खोज्नु हो भन्ने हाम्रो बुझाई छ ।

नेपाल भारत वाणिज्य सन्धीमा नेपाली साना तथा मझौला उद्योगहरुबाट उत्पादित वस्तुहरुलाई भारतीय उत्पादन सरह व्यवहार गरिने कुरा उल्लेख छ । सन्धीको प्रोटोकलको वीथ रेफरेन्स टु आर्टिकल भी को ३ मा उक्त कुराको सुनिश्चितता गरेको छ । तर उक्त व्यवस्थाको समेत वेवास्ता गरी सानो देशमाथि गर्नुपर्ने सहयोगी भावना समेत देखाउन नसक्दा चिया लगायत नेपाली कृषि उत्पादनमा आधारित साना उद्यमीहरु मारमा परेका छन् ।

चियाको गुणस्तर परीक्षणका लागि पानीट्यांकीमा प्रयोगशाला नभएकाले नमुना लिएर कोलकताको केन्द्रीय प्रयोगशाला पठाउनुपर्ने र त्यसको रिपोर्ट आउन कम्तिमा पनि १२ देखि १५ दिनसम्म लाग्ने र चियाको गुणस्तर परीक्षणको रिपोर्ट नआईञ्जेल चिया बोकेको सवारीसाधन बाटैमा राख्नुपर्ने वाध्यता छ । यसले एकातिर ढुवानी भाडा, विलम्व शुल्क र अन्य खर्च बढाउने साथै लामो समय बाटोमै रहंदा चिया बिग्रिने वा गुणस्तरमा समेत ह्रास डर उद्योगीमा छ । अहिले एक हप्तादेखि चिया रोकिंदा व्यवसायीहरुको दैनिक लाखौं रुपैया नोक्सानी भैरहेको छ ।

यो वर्ष पनि चिया निकासीको मुख्य सिजनमै अवरोध खडा भएको छ । नेपाली चिया आयातमा भारतले समस्या खडा गरेपछि सयौं मजदुरको रोजगार गुम्नेमात्र नभई नेपालले वर्षेनी आर्जन गर्ने विदेशी रकममा समेत ठूलो ह्रास आउने छ । यहि समस्याका कारण यतिखेर चिया उद्योगहरूले किसानबाट हरियो पत्ती खरिद गर्न समेत छाडेका छन् । चिया उत्पादनको मुख्य समयमा नेपालमा उत्पादित तयारी चिया भारत जान नसकेपछि चिया कारखानाले हरियो पत्ती खरिद गर्न बन्द गर्दा यसबाट चौतर्फी समस्या पर्ने देखिएको छ । नेपालबाट वार्षिक ३ अर्ब रुपैयाभन्दा बढी रकमको चिया निर्यात हुने गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘पहिलो छिमेकी’ भन्ने नीतिको उच्च सम्मान गर्दै भारत जस्तो विशाल अर्थतन्त्र भएको मुलुकका लागि नेपाल जस्तो सानो देशबाट अत्यन्त सानो परिणाममा निर्यात हुने चिया लगायतका उत्पादनमा गरिने यस्ता अवरोधहरु कुनै पनि हिसावले न्याय संगत र तर्कसंगत नदेखिएको महासंघले जनाएको छ । महासंघले रोकिएका चिया निर्वाध गन्तव्यसम्म लैजाने कार्यमा सहयोग गरिदिन र दुई देश बीच विभिन्न समयमा भएका सन्धी, सम्झौता र सहमती अनुसारको व्यवहार गर्न समेत नेपाल उद्योग वाणिज्य महासंघ भारतीय सरकार समक्ष हार्दिक अनुरोध गरेको छ ।

साथै यो समस्यालाई तत्काल समाधान गर्न र यसको दीर्घकालिन समाधान खोज्न नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय, चिया तथा कफी विकास बोर्ड र नेपाल स्थित भारतीय राजदुतावास समक्ष महासंघ गम्भीर आग्रह समेत गरेको छ ।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

जेन–जी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न आयोगसमक्ष मानव अधिकारकर्मीहरुको माग

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

सर्भेयरलाई पेशागत मर्यादा र व्यावसायिकता कायम गर्न प्राधिकरणको जोड

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

नेपाल भन्दा २० किमी पर तिब्बतमा हिम चट्टान पहिरो जाँदा बाढीः बिपद प्राधिकरण

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

तिब्बतको बाढी प्रकोप प्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः खोज तथा उद्धारमा १२ हेलिकोप्टर परिचालन

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

प्रगति विवरण बुझाउने बालबालिका समितिको निर्णय 

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

राजामौलीको ‘वाराणसी’ अब ५० बढी भाषामा हुनेछ रिलिज

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि