बैशाख १० गते। महाेत्तरीबाट लागूऔषध गाँजा सहित एक महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाेत्तरीकाे मनराशिस्वा गाउँपालिका ४ बस्ने ६५ वर्षीय सरस्वती देवी मण्डल रहेका छन् ।
महोत्तरीको मनराशिस्वा गाउँपालिका-४ जाउकबाट प्रतिबन्धित लागूऔषध गाँजा करिब ५ सय ग्रामसहित महिलालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सरपल्लोबाट खटिएको प्रहरीले मनराबाट जाउकतर्फ जाँदै गरेकी उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
लागूऔषध सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post