चैत २ गते । इण्डियन प्रिमियर लिग अन्तर्गत (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो । पञ्जावले दिएको १४८ रनको लक्ष्य पछाएको राजस्थानले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै पञ्जावले २० ओभरमा ८ विकेट गुमाउदै १४७ रन बनाएको थियो ।
यो जितपछि राजस्थानको ६ खेलमा ५ जित र एक हारसहित १० अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।त्यसैगरी पञ्जाव किंग्सको ६ खेलमा २ जित र ४ हारसहित ४ अंक रहेको छ ।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुदै छन् ।आज पहिलो खेल कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच पहिलो खेल हुदै छ । कोलकोताको घरेलु मैदान इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि हुदै छ ।
अहिलेसम्म कोलकोताले ४ खेलमा जित हासिल गरेको छ भने एक मात्र हार बेहोरेको छ । त्यसैगरी लखनउले भने ५ खेलमा ३ जित हासिल गरेको छ भने २ खेलमा हार बेहोरेको छ ।
त्यसैगरी आज दोस्रो खेल मुम्बई इण्डियन्स र चेन्नई सुपरकिंग्सबीच हुदै छ । मुम्बईको घरेलु मैदान वान्खडे स्टेडियममा हुने यो खेल राति ७: ४५ बजेदेखि शुरु हुदैछ ।
जारी आइपिएलमा मुम्बई इण्डियन्सले ५ खेलमा २ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ । शुरुका तीन खेलमा हार बेहोरेको मुम्बईले पछिल्ला दुई खेल जितेर विजयी लयमा फर्किएको छ ।
त्यसैगरी चेन्नई सुपर किंग्सले भने अहिलेसम्म ५ खेलमा ३ जित हासिल गरेको छ भने २ खेलमा हार बेहोरेको छ ।
















Discussion about this post