nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

के गर्छिन् अमिताभकी नातिनी नव्या ?

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २४, २०८०, १०:५६ मध्यान्ह
के गर्छिन् अमिताभकी नातिनी नव्या ?

बलिवुडका महानायक अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दा फिल्मी क्षेत्रमा नभएपनि उनको चर्चा सधै हुने गर्छ । नव्याले आफ्नो बुवाको व्यवसायमा बढी चासो रहेको बताउदै अहिले आफ्नो सम्पूर्ण ध्यान त्यसमै केन्द्रीत गरिरहेकी छन् ।

यस बाहेक नवयाले महिला सशक्तीकरणका लागि काम गरिरहेकी छन् । नव्याले आफ्नो परिवारको एस्कर्ट र ट्र्याक्टर व्यापारदेखि महिला सशक्तिकरण सम्बन्धि कामका साथै पारिवारिक पोडकाष्ट पनि चलाउदै आएकी छन् ।

उनले हालै दिएको एक अन्तर्वार्तामा भनेकी छन्- ‘म दिल्लीको व्यापारी परिवारबाट हुँ। बुबासहित चार पुस्ताले पारिवारिक व्यवसाय सम्हाल्दै आएका छन् । म सधैं व्यापारिक वातावरणमा हुर्केको छु। बुबा घरमा आउँदा सेयर र ब्यापारको कुरा गर्नु हुन्थ्यो । मलाई यसमा धेरै चासो थियो। मेरो कम्पनीले एस्कर्ट र ट्र्याक्टर उत्पादन गर्छ ।’

उनले अगाडी भनेकी छन्- ‘मलाई सानैदेखि ट्र्याक्टरमा धेरै रुचि थियो । आज पनि सामाजिक सञ्जाल मार्फत महिला सशक्तिकरणका लागि काम गरिरहेको छु र गरिरहनेछु । मलाई फिल्म र तिनको निर्माणमा कहिल्यै रुचि थिएन ।’

उनले आफ्नो भाईलाई सानै देखि फिल्मको रुची भएपनि आफ्नो कहिल्लै फिल्ममा रुची नभएको बताएकी छन् ।

उनले भनेकी छन्- ‘भाइलाई सानैदेखि अभिनेता बन्ने रहर थियो । उनले फिल्ममा मौका पाएकोमा हामी निकै खुसी छौं । भगवानले उनलाई अझै अगाडि बढ्न मद्दत गरून् । विगत चार वर्षदेखि व्यवसाय हेर्दै आएको छु । मेरो आफ्नै एनजीओ प्रोजेक्ट नाभेली छ । उसको विकासको लागि दिनहुँ काम गरिरहेको छु । सबैलाई थाहा छ मलाई फिल्ममा रुचि छैन, सायद त्यही भएर अफर आउँदैन ।’

उनले आफ्नो एनजीओको शुरुवातको बारेमा भनेकी छन्- ‘मैले चार वर्षअघि कोभिडको समयमा परियोजना नभेली सुरु गरेको थिएँ। यस अन्तर्गत सबैभन्दा पहिले हामीले महिनावारीका बेला महिलाले भोग्ने समस्याका बारेमा काम गरेका छौं । त्यतिबेला उनीहरुको सरसफाइ कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल भएको थियो । अहिले हामी शिक्षा, कानुनी चेतना र उद्यमशीलताको पनि कुरा गरिरहेका छौं। हामी महिलाहरूलाई निस्शुल्क कानुनी परामर्श दिन्छौं। यदि तिनीहरू घरबाटै व्यापार गर्न चाहन्छन् भने हामी तिनीहरूलाई स्रोतहरू उपलब्ध गराउँछौं ।’

यसका साथै उनले शिक्षामा आधारित ‘निमाया’ परियोजना समेत संचालन गरिरहेकी छन् । साथै उनले आफ्नी आमा श्वेता नन्दा बच्चन र हजुरआमा जया बच्चनको साथमा पोडकाष्ट समेत संचालन गरिरहेकी छन् । यसमा जीवनशैली, नयाँ पुस्ता र समाजका विविध पक्षमा छलफल गर्ने गर्दछिन् ।

 

Discussion about this post

Related Posts

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि