चैत २१ गते। भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन। राैतहट काे चन्द्रपुर नगरपालिका–१ स्थित पौराईबाट भरुवा बन्दुक सहित दुईजना पक्राउ परेको हो । पक्राउ पर्नेमा पाैखराईका ३५ वर्षीय धर्मजित स्थाङतान र शेरिसिंह रहेका छन् ।
पक्राउ परेकामध्ये एकजनाको मात्र म्याद थप भएको छ । जिल्ला न्यायाधिवक्ताको कार्यालय गौरले अर्कालाई मुद्दा चलाउन नपर्ने भन्दै छाडेको छ ।
उनीसंगै पक्राउ परेका शेरसिंह गोलेलाई जिल्ला न्यायाधिवक्ताको कार्यालय गौरले म्याद थपेर मुद्दा चलाउन नपर्ने भन्दै छाडेको प्रहरीले जनायो ।स्याङतानलाइ हातहतियार खरखजना मुद्दामा प्रहरीले म्याद थपेको छ ।
आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post