चैत १८ गते। अवैध लागूऔषध गाँजा सहित सप्तरी बाट १ जना पक्राउ परेको छ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका-११ नहरबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेन्द्र यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















Discussion about this post