जनकपुरधाम/गिरिजानन्द साह/चैत १२ गते।नेपाल कलवार कल्याण महासंघ,ब्याहुत कलवार सेवा समिति(युवा मञ्च) लायन्स/लियो क्लब अफ जनकपुर धाम र सायलर पोलिक्लिनिक द्वारा अन्तरगृह परिक्रमामा सहभागी तिर्थालुहरुलाई नि:शुल्क खाजा,औषधी र सरवत वितरण गरिएको छ।
परिक्रमामा सहभागी तिर्थालुहरुलाई सेवा भावले आजको नि:शुल्क खाजा,औषधी र सरवत वितरण गरिएको थियो। यसरी परिक्रमा यात्रीलाई नि:शुल्क रुपमा काम वितरण गर्दा परिक्रमा यात्रीलाई निकै सहज र राहत भईरहेको एक परिक्रमा यात्री बताएका छ्न।
नेपाल कलवार कल्याण महासंघ,ब्याहुत कलवार सेवा समिति(युवा मञ्च) लायन्स/लियो क्लब अफ जनकपुर धामले सामाजिक काम पनि निरन्तर रुपमा गरिरहेको र आगामी दिनमा अझै गर्दै जाने गर्ने कुरा ब्याहुत कलवार मंचका कोषाध्यक्ष र लियो क्लब अफ जनकपुरधामको अध्यक्ष विकाश साहले बताएका छ्न।
मिथिलाञ्चलको १५ दिने मध्यमा परिक्रमा आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरे संगै मिथिलाञ्चलको सबैभन्दा ठूुलोे धार्मिक पद यात्रा सम्पन्न भएको छ । विश्वकै सबैभन्दा ठूलो धार्मिक पदयात्राको रुपमा रहेको मिथिला मध्यमा परिक्रमामा सहभागी हुनाले मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ ।


















Discussion about this post