चैत १२ गते। नेपालको तराई मधेश क्षेत्रमा आज (सोमबार) हर्षोल्लासपूर्वक होली पर्व मनाइँदै छ। हिमाल पहाड क्षेत्रमा मनाएको दोश्रो दिन तराई मधेशमा होली पर्व मनाउने गरिन्छ । आईतबार हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइएको थियो ।भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने प्रचलन नेपालमा छ। स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ। हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ को रुपमा यो पर्वलाई चिनिन्छ। मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ । होली पर्वको अवसरमा सरकारले आज मधेश तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ।
मिथिलाञ्चलमा भने भोलि मात्र होली पर्व मनाइन्छ । तराई मधेशको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमा समापनको भोलि पल्ट होली पर्व मनाउने परम्परा रहेको छ ।यसअनुसार सोमबार अन्तगृह परिक्रमा गरिएपछि मंगलबार होली खेलिनेछ । भोलि मंगलबार परेकोले माछामासु नखानेले बुधबार होलि मनाउने मनस्थितिमा छन् ।पन्ध्र दिने मिथिला परिक्रमामा सहभागी तीर्थयात्री जनकपुरधामको परिक्रमा गरी आ–आफ्नो गन्तव्यमा पुग्ने गरेका कारण होली मनाइने चलनमा यहाँ केही फरक देखिएको हो ।














Discussion about this post