गिरिजानन्द साह/जनकपुरधाम/चैत ९ गते। जनकपुरधाम घर जग्गा व्यवसायी संघको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । होली मिलन समारोहमा जनकपुर जेसिजको सभाहलमा सम्पन्न भएको हो।
जनकपुरधाम घर जग्गा व्यवसायी संघको महासचिव सुरेन्द्र साहको अध्यक्षतामा र जनकपुरधाम उद्योग बाणिज्य संघको उपाध्यक्ष अम्भु प्रसाद साहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको छ। कार्यक्रममा घर जग्गा व्यवसायीहरु र कार्यक्रममा सहभागीहरु बिचमा रंग अबिर साटा साट तथा एक अर्कासँग शुभकामना आदान प्रदान गरि होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।
सो होली मिलन समारोहमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि अम्भु प्रसाद साहले जनकपुरधाम घर जग्गा व्यवसायी संघको कल्पना १ बर्ष अगाडि गरेको र १ बर्षकै अवधीमा कानुनी रूपमा दर्ता भई अगाडि बढिरहेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा विकाशको कामहरुमा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न शुभकामना दिनुभयो। साथै कार्यक्रममा अतिथीहरुले आफ्नो छोटो मनतव्य सहित होलिको शुभकामना दिएका थिए।
साथै कार्यक्रममा जनकपुरधाम घर जग्गा व्यवसायी संघले भोलि शनिबार (चैत १० गते) मोटरसाईकल र्यालीको आयोजना गरेको र चैत १२ गते सोमबार परिक्रमा यात्रीहरुको लागी बिहान ४ बजे देखि पानी र फलफूल वितरणको कार्यक्रम राखेको जानकारी दिएको थियो।
कार्यक्रममा अतिथिहरुमा जनकपुरधाम घर जग्गा व्यवसायी संघको अध्यक्ष रन्जित कुमार पजियार,वरिष्ठ उपाध्यक्ष विजय यादव,उपाध्यक्षद्वय अनिल पजियार र उमेश यादव,सचिब दिनेश कुमार साह,कोषाध्यक्ष महादेव महतो, सदस्यहरुमा प्रमोद सिंह,संजय महासेठ,लक्ष्मी साह लगायत घर जग्गा व्यवसायीहरु र पत्रकारहरुको सहभागीता रहेको थियो।


















Discussion about this post