चैत ६ गते। धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) चक्रपाणि पाण्डेको सरुवा भएको छ। गृह मन्त्रालयले मंगलवार धनुषा सहित ११ सिडियो हेरफेर गरेको हो । धनुषाबाट चक्रपाणि पाण्डेलाई सरुवा गर्दै उनको ठाउँमा गृहले रामुराज कडरियालाई खटाएको छ ।
यसैगरी त्रिभुवन विमास्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएर उनको ठाउँमा नरबहादुर थापालाई पठाइएको छ ।
त्यसैगरी गृह मन्त्रालयले ११ वटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । संखुवासभामा ध्रुबहादुर खड्का, अर्घाखँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी र जाजरकोटमा ऋषिराज आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।
रामराज कडरियालाई धनुषा, शिवकुमार कार्कीलाई खोटाङ, यज्ञराज जोशीलाई दार्चुला, मिना अर्याललाई तेह्रथुम र रवीन्द्र आचार्यलाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
यसैगरी विभिन्न विभाग र कार्यालयमाहरु पनि नयाँ जिम्मेवारी तोकेर सरुवाहरु गरिएका छन् । कमलराज ढकाल सहसचिवका रूपमा गृह मन्त्रालयमा सरूवा भएका छन् ।

















Discussion about this post