गिरिजानन्द साह/जनकपुरधाम/चैत ५ गते ।जनकपुरधाम स्थित बाह्रबिघा मैदानमा राष्ट्रिय युवा संघ धनुषा र राष्ट्रिय मुक्ति क्रान्ति बीच भएको मैत्रीपूर्ण क्रिकेट खेलमा राष्ट्रिय मुक्ति क्रान्तिले ८१ रनले विजय भएको छ । सोमबार रंङ्गभूमि मैदान बाह्रबिघामा भएको राष्ट्रिय युवा संघ धनुषा र राष्ट्रिय मुक्ति क्रान्ति बीच मैत्रीपूर्ण क्रिकेट खेल भएको थियो । जसमा राष्ट्रिय मुक्ति क्रान्तिले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। राष्ट्रिय मुक्ति क्रान्तिका खेलाडीहरुले निर्धारित २० ओभरको खेलमा ब्याटिङ गर्दै ९ विकेट गुमाएर १६३ रन बनाएको थियो ।
राष्ट्रिय मुक्ति क्रान्तिको तर्फवाट ब्याटिङ गरेको खेलाडीहरु मध्ये अकलेशले सर्वाधिक ३२ रन बनाए भने कामेश्वरले २८ रन बनाए । राष्ट्रिय युवा संघ धनुषाको तर्फ बाट बलिङ गरेको मध्ये रवीले ३ विकेट लिए।जवाफमा ब्याटिङ्ग गर्न आएको राष्ट्रिय युवा संघ धनुषाको टिमले १८ ओभरमा अल आउट हुँदै ८२ रन मात्र बनाउन साक्यो । र उक्त खेल राष्ट्रिय मुक्ति क्रान्ति ८१ रनले जित्न सफल भयो। राष्ट्रिय युवा संघ धनुषाकोको तर्फबाट नबिनले १३ रन बनाएको थियो । राष्ट्रिय मुक्ति क्रान्तिको तर्फ बाट बलिङ गरेका अकलेशले ३ विकेट लिएको थियो। उक्त खेलमा राष्ट्रिय मुक्ति क्रान्तिको तर्फबाट अकलेश म्यान अफ द म्याच भए ।
जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा जनकपुरधामको बाह्रबिघा मैदानमा भईरहेको टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिताको फाइनल खेलको बीचमा रहेको खाली समयमा आज मैत्रीपुर्ण खेल खेलिएको थियो ।
टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत बिहीबार (चैत ८ गते) राराब कॉलेज र बि पी मेमोरियल कॉलेज बीच फाइनल खेल हुनेछ ।
Discussion about this post