nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कञ्चनवनमा होलीको रङमा रङ्गिए परिक्रमायात्री

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ५, २०८०, १०:५८ बिहान
कञ्चनवनमा होलीको रङमा रङ्गिए परिक्रमायात्री

महेशकुमार दास/चैत ४ गते । “किनकाके हात कनक पिचकारी, किनकाके हात अबिर झोरि, हो अविर झोरि, मिथिलामे राम खेलयै होरि हो मिथिलामे राम खेलयै होरी । राम जीके हाथ कनक पिचकारी, सिया जि के हात अविर झोरि हो अविर झोरी मिथिलामे राम खेलयै होरि हो मिथिलामे राम खेलयै होरी ।”

मैथिली भाषाको यो होलीको गीत गाउँदै मिथिला माध्यमिकी परिक्रमावासी रङ अविर र गुलाल उडाउँदै होली खेलेपछि महोत्तरीको कन्चनवन अहिले होलीमय बनेको छ । सबेको अनुहार रङ्गीचङ्गी छन्, कसैको रातो, कसैको हरियो, कसैको पहेलो रङ र गुलालले शरीर नै रङ्गीन देखिएको छ ।

जता हे र्‍याे उतै रङ अविर र गुलाल उडिरहेको मनमोहक दृश्यहरु हेर्न पाइन्छ । गृहस्थ, साधु सन्त र महन्थलगायत कन्चनवनका स्थानीय सबै अहिले एक आपसमा रङ अविर र गुलाल दल्दै, उडाउँदै खुशियाली साटासाट गर्न व्यस्त देखिएका छन् । परिक्रमा यात्रुलगायत कन्चनवनमा उपस्थित समुदाय एक आपसमा यसरी घुलमिल भएका छन् कि कुनै कसैलाई चिन्ता फिक्री नै छैन । एउटा अलगै उत्सवको माहोलमा सबै परिक्रमावासी र स्थानीयहरु रमाएका छन् ।आइतबार बिहानैदेखि कञ्चनवनको दृश्य झट हेर्दा होलीपर्व आजै हो जस्तै लागे पनि यो माहोल भने मिथिलाको बहुचर्चित माध्यमिक परिक्रमाको धार्मिक लस्करले रङ अबिर र गुलाल उडाउँदै मनाएको होलीको पो हो ।

त्रेतायुगमा भगवान रामले कन्चनवनमा होली खेलेको सम्झनामा १५ दिने परिक्रमा यात्रामा सहभागीहरु आइतबार बिहानै कन्चनवन पुगेर रङ,गुलाल र अबिर एक आपसमा दलेर खुशियाली साटासाट गर्दै होलीको शुभकामना आदानप्रदान गरी होली मनाएका हुन् । शनिबार ध्रुवकुण्डमा रात्रि विश्राम गरेपश्चात् आइतबार बिहानै कञ्चनवन पुगेका परिक्रमा यात्रामा सहभागी साधु, सन्त, महन्थ, नागा, गृहस्थलगायत सबै एक आपसमा मिलेर नाच्दै गाउँदै होली मनाउँदा सबै परिक्रमावासीको अनुहार र कपडा रङ अबिरले रङ्गीन देखिएको छ । कञ्चनवन पुगी जनकपुरस्थित राममन्दिरका महन्थ र जानकी मन्दिरका महन्थहरुले एक आपसमा होली खेली मिथिलाञ्चलमा होलीको विधिवत् शुरुवात गर्ने परम्परा रहि आएको छ ।

यसपालि भने स्थानीय निकायका जनप्रतिनिधिले पहिल्यैदेखि नै कन्चनवनमा होलीको तयारी गरेपछि मनोरञ्जन थपिएको परिक्रमा यात्रु नवल यादवले बताउनुभएको छ । कन्चनवनको परिक्रमावासीको होली पहिल्यैभन्दा अलिक बढी नै व्यवस्थित र मनोरन्जनात्मक ढङ्गले मनाइएको परिक्रमा यात्री यादवले अनुभव सुनाउनुभयो । वसन्तपञ्चमीदेखि नै फागुपर्वको शुरुवात भएको मानिए पनि मिथिलाञ्चलमा परिक्रमा यात्रीले कञ्चनवनमा होली खेलेपछि मात्रै होलीको विधिवत् शुरुवात हुने परम्परा छ । धनुषास्थित कचुरीको मिथिला बिहारी कुटीबाट मिथिला बिहारी तथा अग्नि कुण्डबाट किशोरीजीको डोलाका साथ हनुमानगढीबाट शुरु भएको परिक्रमाका यात्रुहरु कल्याणेश्वर फुलहर , मटिहानी , जलेश्वर ,मडै , ध्रुवकुण्ड हुँदै आइतबार कञ्चनवन पुगेका हुन् । मिथिला माहात्म्य अनुसार अठारौं शताब्दीदेखि माध्यमिकी परिक्रमाको रुपमा मनाइँदै आएको यस धर्मयात्राका सहयात्रीले रात्रि भजन कीर्तन गरी १५ दिन बिताउने गर्दछन् ।

विश्वकै सर्वाधिक लामो समयसम्म चल्ने धार्मिक यात्रा परिक्रमाका यात्रुहरु भारतको कलना , फुलहर , महोत्तरीको मटिहानी ,जलेश्वर, मडै ध्रुवकुण्ड, कञ्चनवन , हुँदै धनुषाको पर्वता ,धनुषाधाम , सतोषर , औरहीमा एक एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आइपुग्छन र पूर्णिमाको दिन जनकपुरको अन्तर्गृह परिक्रमा गरी होली खेली १५ दिवसीय यात्रा सम्पन्न गर्नेछन् । सुख समृद्धि मानसिक शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ति हुने जनविश्वासका साथ यस धर्म यात्राका यात्रुहरुले नेपालको १०७ तथा भारतको २६ गरी १३३ किलोमिटर भूमिको पैदल यात्रा गर्ने मान्यता छ ।

यात्रामा नेपाल भारतका लाखभन्दा बढी साधुसन्त महन्थ र गृहस्थहरुको सहभागिता छ । नेपाल र भारतको सामाजिक सद्भावको सेतुको रुपमा रहेको यो परिक्रमाले धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्वको परिचय दिने गर्छ । मिथिला परिक्रममा सहभागी हुनेले १५ विश्रामस्थलमा नाङ्गो खुट्टा पैदल हिँडेर यात्रा गर्नुपर्ने हुनाले परिक्रमा यात्रालाई कठोर धार्मिक यात्राको रुपमा पनि हेर्ने गरिन्छ । परिक्रमाका सहभागीहरु १५ दिनसम्म लसुन , प्याज र मांसाहारी भोजनको परित्याग गर्ने र एक छाक मात्रै खाना खाने प्रचलन रहि आएको छ ।

साथै परिक्रमा यात्रीले परिक्रमा अवधिभर गृह प्रवेश नगर्ने र खुल्ला आकाशमुनि पाल टाँगेर वनवास जस्तै जीवन विताउने गर्दछ । १५ दिने यात्राको क्रममा यात्रीहरुले दिनरात मर्यादा पुरुषोतम राम र सीताको भजन कीर्तन गर्ने र उनले आफ्नो जीवनमा मर्यादाविपरीत कुनै काम नगरेको जस्तै परिक्रमावासीले पनि परिक्रमा घुम्दा बनाइएको नियम परिधिभित्रै रहेर यो यात्रामा सहभागी हुने यसको मुख्य विशेषता रहिआएको छ ।परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्धार, दरभङ्गा, सीतामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागी भएका छन् ।

परिक्रमामा सहभागी हुनाले मन वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता रहिआएको परिक्रमाका सहभागीहरु बताउनुहुन्छ । मिथिलाको हरेक पर्व, त्योहारमा परिक्रमा गर्ने चलन पुरानो र अनिवार्य रहेको पाईन्छ । प्रत्येक वर्ष मनाइने परिक्रमा मिथिलाञ्चलकै १५ दिवसीय महाकुम्भको रुपमा चर्चित रहेको पाइन्छ । परिक्रमा बृहत्, मध्य र अन्तर्गृही गरी तीन प्रकारको हुन्छ । बृहत् परिक्रमा उत्तरमा हिमालय पर्वत श्रेणी, पूर्वमा कोशी, दक्षिणमा गङ्गा र पश्चिममा गण्डक सम्मको परिक्रमापछि मात्र सम्पन्न हुने भएकोले आज भोलि यस्तो परिक्रमा गरिंदैन । तर मध्यमा परिक्रमा अठारौं शताब्दीभन्दा पूर्वदेखि मनाइँदै आएको विश्वास गरिन्छ । यो पहिला पहिला ५ दिनसम्म मनाइने गरिन्थ्यो । तर यो परिक्रमालाई २० औं शताब्दीमा आएर महात्मा सुरकिशोर दासले पाँच दिनबाट १५ दिनमा परिणत गरेको थियो । जसले गर्दा अहिले ती परिक्रमामा साघुसन्त, महन्थ, गृहस्थी, नागालगायतकाे बृहत् उपस्थिति हुने गर्दछ ।

यो परिक्रममा भारत र नेपालको श्रद्धालुहरुको सहभागिता रहने गरेकोले यसलाई भारत र नेपालको सद्भावको सेतुको रुपमा पनि लिने गरिन्छ । यसले आर्थिक टेवा समेत दिने गर्छ । तर परिक्रमाको प्रत्येक विश्रामस्थलको आआफ्नै विशिष्ट महत्वको रहे पनि अहिले अवस्था ती स्थलहरुको अवस्था दयनीय हुदैं गइरहेको छ । ती स्थलहरुमा रहेको जलाशय, मठ, मन्दिर उपेक्षाको कारण जीर्ण बन्दै गएको छ ।माध्यमिकी परिक्रमा यात्रुहरुको सुरक्षा व्यवस्थालाई दृष्टिगत गरी व्यापक रुपमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।

Tags: धनुषा खबरपरिक्रमामहोत्तरी खबरमिथिला माध्यमिक परिक्रमा

Discussion about this post

Related Posts

धनुषा क्षेत्र नं. २ का एमालेका उम्मेदवार उमाशंकर अरगरियाद्वारा औरही गाउँपालिकामा घरदैलो सम्पन्न

धनुषा क्षेत्र नं. २ का एमालेका उम्मेदवार उमाशंकर अरगरियाद्वारा औरही गाउँपालिकामा घरदैलो सम्पन्न

भगवान शिवपार्वतीको बिवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञ सुरु

भगवान शिवपार्वतीको बिवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञ सुरु

जनकपुरधाममा ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८२ फागुन ५ गतेदेखि हुने

जनकपुरधाममा ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८२ फागुन ५ गतेदेखि हुने

जनमत पार्टी परित्याग गर्दै राजकुमार सहित दर्जनौं नेताहरु आजपामा प्रवेश

जनमत पार्टी परित्याग गर्दै राजकुमार सहित दर्जनौं नेताहरु आजपामा प्रवेश

धनुषा–२ मा अरगरियाको घरदैलो अभियान तीव्र

धनुषा–२ मा अरगरियाको घरदैलो अभियान तीव्र

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

काठमाडौं फर्किएलगत्तै घोषणापत्र फाइनल गर्न व्यस्त ओली

काठमाडौं फर्किएलगत्तै घोषणापत्र फाइनल गर्न व्यस्त ओली

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग

आज विश्व रेडियो दिवस मनाइँदै

आज विश्व रेडियो दिवस मनाइँदै

जनकपुरधाममा डल्फिन पाईप एन्ड फिटिङ्सको ‘प्लम्बर मिट’ भव्य रूपमा सम्पन्न

जनकपुरधाममा डल्फिन पाईप एन्ड फिटिङ्सको ‘प्लम्बर मिट’ भव्य रूपमा सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!