गिरिजानन्द साह/जनकपुरधाम/चैत ४ गते। जनकपुरधाममा आयोजित टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत आईतबार भएको सेमिफाईनलमा राराब कॉलेज र बि.पि.मेमोरियल कॉलेज विजय हुदै फाईनलमा प्रवेश गरेका छन ।आईतबार भएको पहिलो सेमिफाईनल खेल राराब कॉलेज र धनुषा साइन्स कॉलेज बीच भएको थियो जसमा धनुषा साइन्स कॉलेज टस जितेर पहिला बलिङ रोज्दै राराब कॉलेजलाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो । ब्याटिङ सुरु गरेको राराब कॉलेजका खेलाडीहरु निर्धारित २० ओभरमा ७ विकेटको गुमाउदै १२८ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि १२९ रनको लक्ष्य दिएको थियो । राराब कॉलेजको टिमका लागि रामबाबू यादवले २४ अंकित सिंह राजपुत १४ रनको योगदान दिएको थियो ।
धनुषा साईन्स कॉलेजको तर्फबाट लागि बलिङ गरेका विकाशले ४ विकेट लिन सफल भएको थियो । खेलमा जवाफि ब्याटिङका लागि आएका धनुषा साईन्स कॉलेजका ब्याट्सम्यानहरुले ११.२ ओभरमा अल आउट हुँदै ३७ रन मात्र बनाउन सफल भयो र उक्त राराब कॉलेजले ९१ रनले खेल जित्न सफल भयो। उक्त खेल जित्दै राराब कॉलेज फाइनलमा प्रवेश गरेको छ। धनुषा साईन्स कॉलेजका खेलाडीहरु मध्ये विकेशले ७ रनको योगदान दिएका थिए । राराब कॉलेजको टिमका लागि बलिङ गरेका अंकित सिंहले २ विकेट र सुबोधले २ विकेट लिन सफल भएको थियो । यस खेलको म्यान अफ दी म्याच राराब कॉलेजको खेलाडी अंकित सिंह राजपुत भएको थियो।
त्यस्तै दोस्रो सेमिफाईनल खेल मोनास्टिक कॉलेज बि.पी. मेमोरियल कॉलेज बीच भएको थियो। जसमा बि.पी. मेमोरियल कॉलेजले टस जितेर पहिला बलिङ रोज्दै मोनास्टिक कॉलेजलाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो । ब्याटिङ सुरु गरेको मोनास्टिक कॉलेजका खेलाडीहरु निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७८ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि ७९ रनको लक्ष्य दिएको थियो । मोनास्टिक कॉलेजको टिमका लागि रन्जित यादवले १८ रनको विक्रान्तले ११ रनको योगदान दिएको थियो ।
बि.पी. मेमोरियल कॉलेजको तर्फबाट लागि बलिङ गरेका अखिलेशले ३ विकेट र विशालले ४ विकेट लिन सफल भएको थियो । खेलमा जवाफि ब्याटिङका लागि आएका बि.पी. मेमोरियल कॉलेजका ब्याट्सम्यानहरुले १४ ओभरमा ४ विकेटको क्षतिमा सजिलै ८० रन बनाउन सफल भयो र उक्त बि.पी. मेमोरियल कॉलेजले ६ विकेटले जित्न सफल भयो। आजको खेल जित्दै बि.पी. मेमोरियल कॉलेज फाइनलमा प्रवेश गरेको छ। बि.पी. मेमोरियल कॉलेजका खेलाडीहरु मध्ये अखिलेशले ५६ रन र राम किशुनले १० रनको योगदान दिएका थिए । मोनास्टिक कॉलेजको टिमका लागि बलिङ गरेका विक्रान्तले २ विकेट लिन सफल भएको थियो । यस खेलको म्यान अफ दी म्याच बि.पी. मेमोरियल कॉलेजको खेलाडी अखिलेश ठाकुर भएको थियो।अब मंगलबार ११ बजे टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० को उपाधीको लागि राराब कॉलेज र बि.पी. मेमोरियल कॉलेजको बीच फाईनाल खेल हुनेछ । प्रतियोगितामा जम्मा ८ वटा क्याम्पसले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ।
Discussion about this post