चैत ४ गते। प्रतिनिधिसभा सदस्य माननीय मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उहाँको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो ।
२०२० साल माघ १९ गते जन्मनुभएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य हुनुभएको थियो ।जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उहाँ सांसद हुनुभएको थियो । सभामुख देवराज घिमिरे आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गर्नुभएको छ ।
२०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुवात गर्नुभएकी उहाँ सद्भावना पार्टीमा आबद्ध भई २०४६ साल देखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज हुनुभएको थियो । उहाँ हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो ।















Discussion about this post