nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भारतको अयोध्यादेखि जनकपुरधामसम्म सिधा रेल सेवा सञ्चालनको तयारी

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ४, २०८०, १०:५९ बिहान
भारतको अयोध्यादेखि जनकपुरधामसम्म सिधा रेल सेवा सञ्चालनको तयारी

चैत ४ गते। भारतको अयोध्यादेखि जनकपुरधामसम्म सिधा रेल सेवा सञ्चालनको तयारी थालिएको छ । अयोध्याधामबाट गोरखपुर हुँदै जनकपुरधामसम्म सिधा रेल सेवा सञ्चालन गर्ने तयारी थालिएको भारतीय रेल्वे वोर्डले जनाएको छ । वोर्डले प्रारम्भिक रुपमा पूर्वोत्तर र उत्तर रेल्वेलाई समय तालिका पठाउन निर्देशन दिएको छ । गोरखपुरका सांसद रवि किशनले रेलमन्त्री अश्वनी वैष्णवलाई चिठ्ठी लेख्दै अयोध्याधाम देखि गोरखपुर–नरकटियागंज हुँदै जनकपुरधाम सम्म रेल सञ्चालन गर्न माग गरेका थिए । यो रेल सेवा सञ्चालन भएपछि नेपालसम्म आउने सवै भन्दा लामो दूरीको पहिलो सिधा रेल सेवा हुनेछ ।

रेल्वे वोर्डका कार्यकारी निर्देशक यातायातको तर्फबाट २९ फरवरीमा जारी पत्रका अनुसार एनआईआर र एनआरलाई छिट्टै समय तालिका बनाएर बोर्डलाई उपलव्ध गराउनेछ । स्रोतका अनुसार लोक सभा निर्वाचन सम्पन्न भए लगतै श्रीराम सर्किटका दुवै प्रमुख तीर्थ स्थलाई जोड्ने यो रेल सेवाको घोषणा हुनेछ । अहिले भारतवाट सिधा जनकपुरधाम सम्मकोलागि कुनै रेल छैन् । भारतीय सीमा जयनगरसम्म मात्रै अहिले रेल आउने गरेका छन् । हुनत नेपाली रेल जयनगरसम्म पुग्ने गरेका छन् तर, सिधा भारतबाट नेपाल आउने रेल सेवा अहिलेसम्म छैन् ।

अयोध्याधामबाट जनकपुरधामसम्म सिधा रेल सञ्चालनमा आएपछि दुवै देशबीच धार्मिक र सांस्कृतिक सम्वन्ध बलियो हुने र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाम देखि अयोध्याधामसम्म भारतीय पक्षले रेल सेवा सञ्चालन गर्न पहल थालेपछि खुशी व्यक्त गरेका छन् । उनले आफूले भारतीय अधिकारीहरु तथा शीर्ष नेताहरुको छलफलमा पटक पटक अयोध्यावाट जनकपुरधामसम्म रेल सेवा सञ्चालन गर्न आग्रह गरेको जानकारी दिए । उनले जनकपुरधाम देखि अयोध्याधामसम्म रेल सेवा सञ्चालन भएपछि दुवै देशका धार्मिक पर्यटकहरुको आवागमन हुने र धार्मिक सहिष्णुता बढ्ने विश्वास व्यक्त गरे । उनले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने समेत बताए ।

उनले रेलमात्र नभई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामबाट अयोध्याधामका लागि गरेका बस उद्घाटन समेत सञ्चालनकालागि पहल गरिरहेको बताए । उनले ती बस सञ्चालनमा कहाँ के कठिनाइ र समस्या छ त्यस सम्बन्धमा सम्बन्धित पक्ष संग छलफल भई रहेको बताए । उनले जनकपुरधामबाट अयोध्या सम्म दिनमा कम्तिमा दुई वा दुई भन्दा बढी बस आवत जावत गर्नु पर्ने बताए ।

अहिले विहारको सीतामढीबाट अयोध्याधामसम्म मात्र एक रेल अमृत भारत आउने जाने गरेका छन् त्यो पनि सप्ताहमा एक दिन मात्रै । यसैमा एउटा नयाँ रेल सेवा थपिएपछि भारतीय र नेपाली दुबै देशका धार्मिक तीर्थयात्रीलाई रामायण सर्किट दर्शन गर्न सहज हुने छ र भारतीय तीर्थयात्रीलाई जनकपुरधामसम्म यात्रा गर्न पनि सहज हुनेछ ।

अहिले गोरखपुरबाट अयोध्याधामका लागि पाँचवटा रेल छ । यसमा तीनवटा साप्ताहिक, एक छ दिनमा र एउटा प्रत्येक दिन गोरखपुरबाट अयोध्या सम्म चल्ने रेल गोरखपुर–दुर्गा एक्सप्रेस सप्ताहमा शनिवार मात्र आउने जाने गरेका छन् । गोरखपुरबाट लखनऊ बन्दे भारत एक्सप्रेस सप्ताहमा ६ दिन चल्ने गरेका छन् । गोरखपुरबाट नयाँ दिल्ली अमृत भारत एक्सप्रेस सप्ताहमा एक दिन चल्ने गरेका छन् । गोरखपुर यशवंतपुर एक्सप्रेस सप्ताहमा एकदिन चल्ने गरेका छन् । स्रोत-ईजनकपुर टुडे बाट

Discussion about this post

Related Posts

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

यी हुन शाहरुख र दीपिका जाेडीका ५ सुपरहिट फिल्म

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

प्रधानमन्त्री बालेनसँग परराष्ट्र र ऊर्जामन्त्री मात्र भारत जाने

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

राष्ट्रपति पौडेलले गरे ३.३९९ मिटर सुरुङको ब्रेक थ्रु

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

प्रदर्शनकाे १२ दिनमै १,४०० करोड क्लबमा प्रवेश गर्‍यो ‘रामायण’

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

कुष्माण्ड नवमीमा अमलाको पूजा र कुभिन्डो दान गर्ने परम्परा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

पाचन र मुटुको स्वास्थ्यका लागि दैनिक एभोकाडो खानुका ५ फाइदा

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि