जनकपुरधाम/चैत ३ गते । श्री महाविर युवा कमिटिले जनकपुरधामको राम मन्दिर अगाडिको एतिहासिक रामायण भवनको जिर्नोदार तथा पुर्ननिर्माणका लागि अग्रसरता देखाएको छ ।
माँ राजदेवी मन्दिर प्राङ्गणमा रहेको श्री महाविर युवा कमिटिको कार्यालयमा शनिवार बसेको सर्वपक्षिय बैठकमा कमिटिका अध्यक्ष अजय कुमार गुप्ताले एतिहासिक धनुष सागरको पुर्वी डिल र रामन्दिर अगाडिको मुख्य धरोधर यतिको वर्ष देखि जिर्ण अवस्थामा रहदा पनि कुनै पनि निकायको नजर नपुगेको जस्तो हुनु दुःखद रहेको बताए ।
बैठकमा वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले भवन एक सय वर्ष पुरानो रहेकोले कुनै पनि जिर्नोदारका काम गर्दा पुरातत्व विभाग संग अनुमती र मापदण्ड लिएर मात्र गर्न पाउने भएकाले काम अडकेको भन्दै आफु पहलकदमी लिइरहेको बताए । उनले अग्रसरताका लागि कमिटी परिवारलाई धन्यवाद दिदै युवाहरुको साथ भए कुनै पनि काम असम्भव नरहेको बताए ।
बैठकमा जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, समाजिक अगुवा नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष उमेश साह, गुठी संस्थान जनकपुरधाम का प्रमुख, श्री राम युवा कमिटीका अध्यक्ष परमेश्वर साह, कांग्रेसका युवा नेता राकेश विक्रम साह सहित कमिटीका पुर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको उपस्थिती थियो ।

















Discussion about this post