गिरिजानन्द साह/जनकपुरधाम/चैत ३ गते । जनकपुरधाम स्थित बाह्रबिघा मैदानमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच भएको मैत्रीपूर्ण क्रिकेट खेलमा नेकपा माओवादी केन्द्र विजय भएको छ भने राजदेवी युवा कमिटी र राष्ट्रिय मुक्ति क्रान्ति बीच भएको खेलमा राष्ट्रिय मुक्ति क्रान्ति विजयी भएको छ।
शनिबार रंङ्गभूमि मैदान बाह्रबिघामा भएको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच मैत्रीपूर्ण क्रिकेट खेल भएको थियो । जसमा नेकपा माओवादी केन्द्रले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। नेकपा माओवादी केन्द्रका खेलाडीहरुले ब्याटिङ गर्दै ११.४ ओभरमा अल आउट हुदै ९१ रन बनाएको थियो ।नेकपा माओवादी केन्द्रको तर्फवाट ब्याटिङ गरेको खेलाडीहरु मध्ये मुदिनले सर्वाधिक २२ रन बनाए भने रजकले २० रन बनाए ।
जवाफमा ब्याटिङ्ग गर्न आएको नेकपा एकीकृत समाजवादी पार्टीको टिमले ८.५ ओभरमा सबै विकेट गुमाउँदै ३३ रन मात्र बनाउन सक्यो र उक्त खेल नेकपा माओवादी केन्द्रले ५८ रनले जित्न सफल भयो। नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट गणेशले ९ रन बनाएको थियो । माओवादी केन्द्र पार्टीको तर्फ बाट बलिङ गरेको मध्ये अविजितले ३ ओभरमा १२ रन खर्चेर ४ विकेट प्रशान्तले २ ओभरमा १० रन खर्चेर ३ विकेट लिए। उक्त खेलमा माओवादी केन्द्रको तर्फबाट अविजित म्यान अफ द म्याच भए ।त्यस्तै अर्को खेल राजदेवी युवा कमिटी र राष्ट्रिय मुक्ति क्रान्ति बीच मैत्रीपूर्ण क्रिकेट खेल भएको थियो । राजदेवी युवा कमिटीले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। राजदेवी युवा कमिटीका खेलाडीहरुले ब्याटिङ गर्दै ११.५ ओभरमा अल आउट हुदै ६८ रन बनाएको थियो ।
राजदेवी युवा कमिटीको तर्फवाट ब्याटिङ गरेको खेलाडीहरु मध्ये अन्कितले सर्वाधिक २६ रन बनाएको थियो। राष्ट्रिय मुक्ति क्रान्तिको तर्फ बाट बलिङ गरेको लालुले ४ विकेट लिन सफल भए।
जवाफमा ब्याटिङ्ग गर्न आएको राष्ट्रिय मुक्ति क्रान्तिको टिमले ७ ओभरमा २ विकेट गुमाउँदै ७४ रन बनाउदै ८ विकेटले खेल जित्न सफल भयो। राष्ट्रिय मुक्ति क्रान्तिको तर्फबाट लालुले ४७ रन बनाएको थियो । राजदेवी युवा कमिटीको तर्फ बाट बलिङ गरेको मध्ये मुकेशले २ विकेट लिएको थियो । उक्त खेलमा राष्ट्रिय मुक्ति क्रान्तिको तर्फबाट खेलेको लालु म्यान अफ द म्याच भए ।
जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा जनकपुरधामको बाह्रबिघा मैदानमा भईरहेको टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिताको सेमिफाइनल र फाईनल खेलको बीचमा रहेको खाली समयमा मैत्रीपुर्ण खेल खेल्न यस प्रतियोगिताको संयोजक अम्भु प्रसाद साहले विभिन्न संघ संस्थालाई आग्रह गर्दा युवा राजनीतिकर्मीहरु स्व स्फुर्त रुपमा मैत्रीपुर्ण खेल खेलेका थिए ।
टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत भोलि आइतबार पहिलो समिफाइनल राराब कॉलेज भर्सेज धनुषा साइन्स कॉलेज र दोस्रो सेमिफाइनल मोनास्टिक भर्सेज बि.पी. मेमोरियल कॉलेजको खेल हुनेछ ।
Discussion about this post