गिरिजानन्द साह/जनकपुरधाम/चैत ३ गते । जनकपुरधाम स्थित बाह्रबिघा मैदानमा नेवि संघ धनुषा र राष्ट्रिय युवा संघ धनुषा बीचको मैत्रीपूर्ण क्रिकेट खेलमा राष्ट्रिय युवा संघ ७९ रनले विजयी भएको छ ।
शनिबार रंङ्गभूमि मैदानमा राष्ट्रिय युवा संघ धनुषा र नेवि संघ धनुषा बीचको मैत्रीपूर्ण क्रिकेट खेल भएको थियो । जसमा राष्ट्रिय युवा संघ धनुषाले टस जितेर पहिला ब्याटिङ गरेको थियो। राष्ट्रिय युवा संघ धनुषाका खेलाडीहरुले निर्धारित १५ ओभरको खेल्मा बिस्फोटक ब्याटिङ गर्दै ७ विकेट गुमाएर १५९ रन बनाएको थियो ।
राष्ट्रिय युवा संघ धनुषाको तर्फवाट ब्याटिङ गरेको खेलाडीहरु मध्ये नविनले सर्वाधिक ४१ रन बनाए भने अमनले २६ रन बनाए । नेवि संघ धनुषाको तर्फ बाट बलिङ गरेको प्रवीणले १ विकेट,आर्यनले १ विकेट,मनिसले १ विकेट,सुजनले १ विकेट,कपिलले १ विकेट र मुन्नाले १विकेट लिए।
जवाफमा ब्याटिङ्ग गर्न आएको नेवि संघ धनुषाको टिमले १५ ओभरमा अल आउट हुँदै ८० रन मात्र बनाउन सक्यो । र उक्त खेल राष्ट्रिय युवा संघ धनुषाको टिमले ७९ रनले जित्यो। नेवि संघ धनुषाका टिमको तर्फबाट कपिलले सर्वाधिक १७ रन बनाएका थिए। राष्ट्रिय युवा संघ धनुषाको टिमबाट बलिङ गरेका बलर मध्ये अमनले १ विकेट र अरसदले १ विकेट लिए । उक्त खेलमा राष्ट्रिय युवा संघ धनुषाका टिमको तर्फबाट नवीन म्यान अफ द म्याच भए ।
जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा जनकपुरधामको बाह्रबिघा मैदानमा भईरहेको टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिताको सेमिफाइनल र फाईनल खेलको बीचमा रहेको खाली समयमा मैत्रीपुर्ण खेल खेल्न यस प्रतियोगिताको संयोजक अम्भु प्रसाद साहले विभिन्न संघ संस्थालाई आग्रह गर्दा युवा राजनीतिकर्मीहरु स्व स्फुर्त रुपमा मैत्रीपुर्ण खेल खेलेका थिए ।
टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत भोलि आइतबार पहिलो समिफाइनल राराब कॉलेज भर्सेज धनुषा साइन्स कॉलेज र दोस्रो सेमिफाइनल मोनास्टिक भर्सेज बि.पी. मेमोरियल कॉलेजको खेल हुनेछ ।

















Discussion about this post