गिरिजानन्द साह/जनकपुरधाम/फागुन २७ गते । जनकपुरधाममा आयोजित टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८० प्रतियोगिता अन्तर्गत भएको आजको खेलमा राराव र मोनास्टिक क्याम्पस विजय भएका छन ।
आजको पहिलो खेल राराव क्याम्पस र मिट क्याम्पस बीच भएको थियो जसमा राराव क्याम्पस ले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । ब्याटिङ सुरु गरेको राराव क्याम्पसका खेलाडीहरु २० ओभरमा २ विकेट गुमाएर २४८ रनको बिशाल योगफल बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि २४९ रनको बिशाल लक्ष्य दिएको थियो । राराव क्याम्पसको टिमका लागि अलि अकबरले ५४ बलमा ११८ रन र रामबाब यादवले ३१ बलमा ५६ रनको योगदान दिएको थियो ।
मिट क्याम्पसको तर्फबाट लागि बलिङ गरेका सौरभ झाले २ ओभरमा ३३ रन खर्चेर २ विकेट लिन सफल भएका थिए । खेलमा जवाफि ब्याटिङका लागि आएका मिट क्याम्पसका ब्याट्सम्यानहरु राराव क्याम्पसको बलिङ सामु खासै राम्रो चल्न सकेन जसले गर्दा १९ ओभरमा अल आउट हुदै १०८ रन मात्र बनाउन सक्यो र उक्त खेल राराव क्याम्पसले १४० रनको बिशाल अन्तरले खेल जित्न सफल भयो। मिट क्याम्पसका खेलाडीहरु मध्ये कृष्ण देवले ३४ रन बनाएको थियो । राराव क्याम्पसको टिमका लागि बलिङ गरेका चन्दन यादवले ३ विकेट लिएको थियो । यस खेलको म्यान अफ दी म्याच राराव क्याम्पसको खेलाडी अलि अकवर भएको थियो।
त्यस्तै दोस्रो खेल धनुषा साईन्स क्याम्पस र मोनास्टिक क्याम्पस बीच भएको थियो जसमा धनुषा साईन्स क्याम्पसले टस जितेर ब्याटिङग रोजेको थियो। ब्याटिङ सुरु गरेको धनुषा साईन्स क्याम्पसका खेलाडीहरु १६.२ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि ५३ रनको लक्ष्य दिएको थियो । धनुषा साईन्स क्याम्पसको टिमका लागि बिनेशले १६ बलमा २२ रनको योगदान दिएको थियो । मोनास्टिक क्याम्पसको तर्फबाट लागि बलिङ गरेका रोहित महतोले ४ ओभरमा ३ मेडन दिदै २ रन खर्चेर ४ विकेट र आयन अक्रमले ३ ओभरमा १४ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए ।
खेलमा जवाफि ब्याटिङका लागि आएका मोनास्टिक क्याम्पसका खेलाडीहरु ९.१ ओभरमा २ विकेटको क्षतिमा सजिलै ५३ रन बनाउन सफल भयो र खेल मोनास्टिक क्याम्पसले ८ विकेटले जित्यो । मोनास्टिक क्याम्पसका खेलाडीहरु मध्ये आयम अक्रमले २३ बलमा २१ रन बनाए भने बिक्रान्त यादवले २३ बलमा २१ रन बनाए । धनुषा साईन्स क्याम्पसको टिमको लागि बलिङ गरेका मनोज र विकाशले १/१ विकेट लिन सफल भएको थियो । यस खेलको म्यान अफ दी म्याच मोनास्टिक क्याम्पसका खेलाडी रोहित महतो भएका थिए।
प्रतियोगितामा जम्मा ८ वटा क्याम्पसले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ। 

















Discussion about this post