सिरहा/फागुन १९ गते। सिरहाबाट जबर्जस्ती करणी गरेको आराेपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका १४ का २७ वर्षीय सुमन कुमार साह रहेका छन् ।
गाउँमै गत मंसिर २१ गते राति १० बजेको समयमा एक महिलाको जबर्जस्ती करणी गरी फरार रहेको आरोपमा उनलाई प्रहरीले सिरहा नगरपालिका ७ बजारमा लुकिछिपी बसिरहेको आरोपमा पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए ।उनका अनुसार पक्राउ परेका साह माथि शुक्रबार सिरहा जिल्ला अदालतमा पेश गरी दिन १० दिनको म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post