फागुन १६ गते। लोसपाका १३ जना केन्द्रीय नेताहरुले सामूहिक रुपमा पार्टी परित्याग गरेका छन् । उनीहरुले पार्टी परित्याग गरी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा सहभागी भएको घोषणा गरेका छन् ।लोसपाका केन्द्रीय नेताहरु रमन पाण्डेय, संजय कुमार सिंह, संजय कुमार चौधरी, नेजामुदिन समानी, विन्द किशोर साह, सरगुन पासवान, कामेश्वर झा, विजय राय, जीवन कुमार यादव, राम जीवन साह, रामनारायण साह, बिसो महरा, विनय कुमार साह र सुदीप झाले सामूहिक रुपमा लोसपा परित्याग गरेको घोषणा गरेका छन् ।
अत्यन्त पीडाबोधका साथ हामीले लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग हुने निर्णय गरेका छौँ । लोसपा नेपाल स्थापना हुनु भन्दा अगाडि नै पार्टीको विभिन्न स्वरुपमा सक्रियपुर्वक सुरुदेखि साथ दिइरहेका हामीले पार्टीभित्र देखा पर्न थालेको सांगठनिक एवम् सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर भएपनि पार्टी बनाउने अठोटका साथ हिडेका हामीले गलत तत्वहरु नसुध्रिने छाँटकाँट देखेपछि यो अप्रिय निर्णय लिन बाध्य भएका हौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।














Discussion about this post