गिरिजानन्द साह/जनकपुरधाम/फागुन ८ गते ।जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको क्वाटरफाइनल खेलमा गोगल प्रसाद मा.वि. र मदर टेरेशा पब्लिक स्कुल विजय भएका छन । 
पहिलो खेल गोगल प्रसाद मा.वि. र शंकर मा.वि. बनरझुल्ला बीच भएको थियो जसमा गोगल प्रसाद मा.वि. ले टस जितेर शंकर मा.वि. लाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो । ब्याटिङ सुरु गरेको शंकर मा.वि. का खेलाडीहरु १८.१ ओभरमा अल आउट हुदै ९५ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि ९६ रनको लक्ष्य दिएको थियो । शंकर मा.वि. को टिमका लागि रोविन यादवले २७ बलमा २७ रन र सन्तोष यादवले १६ बलमा २७ रनको योगदान दिएको थियो ।
गोगल प्रसाद मा.वि. तर्फबाट लागि बलिङ गरेका बिमलेश सहनीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट र धिरज शर्माले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिन सफल भएका थिए ।
खेलमा जवाफि ब्याटिङका लागि आएका गोगल प्रसाद मा.वि. का खेलाडीहरु राष्ट्रिय मा.वि. का खेलाडीहरु ७.३ ओभरमा विना विकेटको क्षतिमा सजिलै ९६ रन बनाएर १० विकेटको खेल जित्न सफल भयो। गोगल प्रसाद मा.वि.का खेलाडीहरु मध्ये धिरज दासले २५ बलमा ५७ रन बनाए भने अविनाश निधिले २१ बलमा २३ रन बनाए । शंकर मा.वि.को टिमका लागि बलिङ गरेका सन्तोष यादव १.३ ओभरमा २९ रन खर्चेर कुनै सफलता पाउन सकेनन भने सन्त कापरले पनि २ ओभरमा १५ रन खर्चेर कुनै सफलता पाउन सकेनन। यस खेलको म्यान अफ दी म्याच गोगल प्रसाद मा. वि.को खेलाडी धिरज दास भएका थिए।
त्यस्तै दोस्रो खेल मदर टेरेशा पब्लिक स्कुल र एरे इन्टरनेशनल स्कुल बीच भएको थियो जसमा मदर टेरेशा पब्लिक स्कुलले टस जितेर एरे इन्टरनेशनल स्कुललाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो। ब्याटिङ सुरु गरेको एरे इन्टरनेशनल स्कुलका खेलाडीहरु १८.१ ओभरमा अल आउट हुदै १०४ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि १०५ रनको लक्ष्य दिएको थियो । एरे इन्टरनेशनल स्कुलको टिमका लागि आशिक साहले १५ बलमा २९ रन र कृष्णा मण्डलले २९ बलमा २५ रनको योगदान दिएको थियो ।
मदर टेरेशा पब्लिक स्कुल तर्फबाट लागि बलिङ गरेका किसन साहले ३.१ ओभरमा १४ रन खर्चेर ४ विकेट र समित यादवले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिन सफल भएका थिए ।
खेलमा जवाफि ब्याटिङका लागि आएका मदर टेरेशा पब्लिक स्कुलका खेलाडीहरु १४.५ ओभरमा एक विकेटको क्षतिमा सजिलै १०५ रन बनाएर ९ विकेटको खेल जित्न सफल भयो। मदर टेरेशा पब्लिक स्कुलका खेलाडीहरु मध्ये युवराज शर्माले ३५ बलमा ५० रन बनाए भने आदर्श साहले ३९ बलमा २८ रन बनाए । एरे इन्टरनेशनल स्कुलको टिमको लागि बलिङ गरेका साहिल राईन ३.५ ओभरमा १३ रन खर्चेर १ विकेट लिन सफल भएका थिए भने निलेश रायले पनि ३ ओभरमा १४ रन खर्चेर कुनै सफलता पाउन सकेनन। यस खेलको म्यान अफ दी म्याच मदर टेरेशा पब्लिक स्कुलका खेलाडी किशन साह भएका थिए।

प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा प्रतियोगिता भईरहेको छ। भोलि देखि क्वाटर फाईनलको खेल हुने आयोजकले जानकारी दिएको छ।
















Discussion about this post