गिरिजानन्द साह/जनकपुरधाम/फागुन ७ गते । जनकपुरधाम स्थित बाह्रबिघा मैदानमा भएको मैत्रीपूर्ण क्रिकेट खेलमा युथ ईलेभन लिजेन्ड कल्ब र मोनास्टिक स्कुल टिचर्स टिम भानुचोक विजयी भएका छन ।

शनिबार रंङ्गभूमि मैदानमा भएको खेलमा धनुषा मदिरा व्यवसाय संघ र युथ ईलेभन लिजेन्ड कल्ब बिच भएको थियो। जसमा धनुषा मदिरा व्यवसाय संघले टस जितेर पहिला ब्याटिङ गरेको थियो। धनुषा मदिरा व्यवसाय संघले निर्धारित १२ ओभरमा ५ विकेट गुमाएर ७८ रन बनाएको थियो ।
पहिले ब्याटिङ्ग गरेको धनुषा मदिरा व्यवसाय संघको तर्फवाट सोनु सर्वाधिक २४ रन बनाए । युथ ईलेभन लिजेन्ड कल्ब तर्फ बाट बलिङ गरेको कपिलले १ विकेट लिए।
जवाफमा ब्याटिङ्ग गर्न आएको युथ ईलेभन लिजेन्ड कल्बका टिमले ५ ओभरमा १ विकेट गुमाएर ७९ रन बनाएर खेल जित्यो। उक्त खेल युथ ईलेभन लिजेन्ड कल्बको टिमले ९ विकेटले खेल जित्यो। युथ ईलेभन लिजेन्ड कल्बका टिमको तर्फबाट धर्मेन्द्रले सर्वाधिक ४३ रन बनाएका थिए। धनुषा मदिरा व्यवसाय संघको टिमबाट बलिङ गरेका बलर मध्ये राजेशले १ विकेट लिए । उक्त खेलमा युथ ईलेभन लिजेन्ड कल्बका टिमको तर्फबाट धर्मेन्द्र म्यान अफ द म्याच भए ।
यस्तै अर्को खेल मोनास्टिक स्कुल टिचर्स टिम मिल्स एरिया र मोनास्टिक स्कुल टिचर्स टिम भानुचोक बिच भएको थियो। जसमा मोनास्टिक स्कुल टिचर्स टिम मिल्स एरियाले टस जितेर पहिला मोनास्टिक स्कुल टिचर्स टिम भानुचोल लाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो। मोनास्टिक स्कुल टिचर्स टिम भानुचोकको क्रिकेट टिमले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो ।
पहिले ब्याटिङ्ग गरेको मोनास्टिक स्कुल टिचर्स टिम भानुचोक क्रिकेट टिमको तर्फवाट राकेश साहले सर्वाधिक ५९ रन बनाए । मोनास्टिक स्कुल टिचर्स टिम मिल्स एरियाको टिमको तर्फ बाट बलिङ गरेका मध्ये सर्वाधिक राकेशले २ विकेट लिए।
जवाफमा ब्याटिङ्ग गर्न आएको मोनास्टिक स्कुल टिचर्स टिम मिल्स एरियाको टिमले १५ ओभरमा ३ विकेटको क्षतिमा १२७ रन मात्र बनाउन सक्यो र उक्त खेल मोनास्टिक स्कुल टिचर्स टिम भानुचोकले ३६ रनले जित्यो। मोनास्टिक स्कुल टिचर्स टिम भानुचोक तर्फबाट सोनु साहले ३८ रन बनाएका थिए। मोनास्टिक स्कुल टिचर्स टिम मिल्स एरियाको तर्फ बाट बलिङ गरेका शंकरले २ विकेट लिए ।
उक्त खेलमा मोनास्टिक स्कुल टिचर्स टिम भानुचोक क्रीकेट टिमका राकेश साब म्यान अफ द म्याच भएका थिए ।
















Discussion about this post