गिरिजानन्द साह/जनकपुरधाम/फागुन ६ गते ।जनकपुरधाममा दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत राष्ट्रिय मा.वि. रुपैठा र शंकर मा.वि.बनरझुल्ला विजय भएका छन ।
आजको पहिलो खेल जनकपुर पब्लिक स्कुल र राष्ट्रिय मा.वि. रुपैठा बीच भएको थियो जसमा जनकपुर पब्लिक स्कुलले टस जितेर सुरुवातमा राष्ट्रिय मा.वि.लाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो ।राष्ट्रिय मा.वि. का खेलाडीहरु २० ओभरमा ५ विकेटको क्षतिमा १८५ रनको विशाल योगफल बनाउन सफल भएको थियो। जनकपुर पब्लिक स्कुललाई जितको लागि १८६ रनको बिशाल लक्ष्य दिएको थियो । राष्ट्रिय मा.वि. को टिमका लागि आदित्य राउतले ८७ रन र आशिष राउतले २९ रनको योगदान दिएको थियो ।
जनकपुर पब्लिक स्कुलको तर्फबाट लागि बलिङ गरेका आतिशले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिन सफल भएका थिए ।
खेलमा जवाफ ब्याटिङका लागि आएका जनकपुर पब्लिक स्कुलका खेलाडीहरु राष्ट्रिय मा.वि. का घातक बलिङ सामु राम्रो प्रदर्सन गर्न सकेनन र १२ ओभरमा अल आउट हुदै ५६ रन मात्रै बनाउन सक्यो। र उक्त खेल राष्ट्रिय मा.वि. ले १२९ रनले जित्न सफल भयो। जनकपुर पब्लिक स्कुलको टिमका लागि लक्ष्मीले २० बलमा १३ रन बनाए भने ईरशादले १८ रन बनाए । राष्ट्रिय मा.वि.को टिमका लागि बलिङ गरेका पशुपति ठाकुरले चार ओभरमा १८ रन खर्चेर ७ विकेट लिए । यस खेलको म्यान अफ दी म्याच राष्ट्रिय मा.वि.को खेलाडी आदित्य राउत घोषित भएका थिए । यस खेलको म्यान अफ द म्याचको उपाधी प्रतिनिधि सभा सदस्य कनिश पटेल द्वारा हस्तान्तरण गरिएको थियो।
त्यस्तै आजको दोस्रो खेल शंकर मा.वि.र शिशु प्रज्ञा सदन बीच खेल भएको थियो जसमा शिशु प्रज्ञा सदनले टस जितेर शंकर मा.वि. लाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो । शंकर मा.वि.का खेलाडीहरु निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाउन सफल भएका थिए । शंकर मा.वि.ले जितको लागि १६७ रनको लक्ष्य प्रतिद्धन्धी टिम समक्ष प्रस्तुत गरेका थिए । यस टिमका लागि सन्तोष यादव ४१ रन र सुरज दासले ४१ रनको योगदान दिएका थिए। शिशु प्रज्ञा सदनका लागि बलिङ गरेका आदर्श कर्णले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।
जवाफ ब्याटिङका लागि आएका शिशु प्रज्ञा सदनले ११.३ ओभरमा सबै विकेट गुमाएर ११६ रन मात्र बनाउन सक्यो । र उक्त खेल शंकर मा.वि. बनरझुल्लाले ५० रनले जित्यो। शिशु प्रज्ञा सदनको टिमका लागि मयन्कले २१ रन बनाए । शंकर मा.वि. बनरझुल्लाका लागि बलिङ गरेका सन्त कापर ४ ओभरमा २४ रन खर्चेर ३ विकेट हासिल सफल भएका थिए भने सन्तोष यादव ४ ओभरमा २४ रन खर्चेर ३ विकेट हासिल गरेका थिए । यस खेलको म्यान अफ दी म्याच शंकर मा.वि. बनरझुल्लाका सन्तोष यादव घोषित भए जसले ब्याटिङ गर्दै ४१ रनको योगदान दिए भने बलिङ गर्दा ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिएका थिए । यस खेलको म्यान अफ द म्याचको उपाधी राम युवा कमिटी अध्यक्ष परमेश्वर साह र एन डिसि एजुकेशनका म्यनेजिङ डायकेटर राजिब साह द्वारा हस्तान्तरण गरिएको थियो।
प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा प्रतियोगिता भईरहेको छ।
















Discussion about this post