गिरिजानन्द साह/जनकपुरधाम/फागुन ६ गते । जनकपुरधाम स्थित बाह्रबिघा मैदानमा भएको मैत्रीपूर्ण क्रिकेट खेलमा नेपाल दृष्टि र एनसिडिए विजयी भएका छन ।
शनिबार रंङ्गभूमि मैदानमा भएको खेलमा नेपाल दृष्टि र पुलचोक युथ कलब बिच भएको थियो। जसमा नेपाल दृष्टिले टस जितेर पहिला ब्याटिङ गरेको थियो। नेपाल दृष्टिको क्रिकेट टिमले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १२४ रन बनाएको थियो ।
पहिले ब्याटिङ्ग गरेको नेपाल दृष्टि क्रिकेट टिमको तर्फवाट विवेकले सर्वाधिक ३५ रन बनाए । पुलचोक युथ कल्बको तर्फ बाट रोशनले २ विकेट लिए।
जवाफमा ब्याटिङ्ग गर्न आएको पुलचोक युथ कल्वका क्रिकेट टिमले ११.५ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो। उक्त खेल नेपाल दृष्टिको क्रिकेट टिम ३४ रनले खेल जित्यो।पुलचोक युथ कल्वका क्रिकेट टिमका तर्फबाट प्रशान्तले सर्वाधिक २२ रन बनाएका थिए।
नेपाल दृष्टिको क्रिकेट टिमबाट बलिङ गरेका बलर मध्ये विवेकले सर्वाधिक २ विकेट लिए ।
उक्त खेलमा दृष्टिको क्रिकेट टिमका विवेक म्यान अफ द म्याच भए ।
यस्तै अर्को खेल एनसिडिए र कपिलेश्वर युथ कल्ब बिच भएको थियो। जसमा एनसिडिएले टस जितेर पहिला कपिलेश्वर युथ कल्ब ब्याटिङको लागि आमन्त्रण गरेको थियो। कपिलेश्वर युथ कल्बको क्रिकेट टिमले ११.३ ओभरमा सबै विकेट गुमाएर ५० रन बनाएको थियो ।
पहिले ब्याटिङ्ग गरेको कपिलेश्वर युथ कल्बको क्रिकेट टिमको तर्फवाट अनितले सर्वाधिक १२ रन बनाए । एनसिडिएको तर्फ बाट बलिङ गरेका मध्ये सर्वाधिक सरोजले ४ विकेट लिए।
जवाफमा ब्याटिङ्ग गर्न आएको एनसिडिएका क्रिकेट टिमले ७.१ ओभरमा २ विकेटको क्षतिमा ५४ रन बनाएर ८ विकेटले खेल जित्यो। एनसिडिएका क्रिकेट टिमका तर्फबाट शम्भुले २३ रन बनाएका थिए।
कपिलेश्वर युथ कल्बको क्रिकेट टिमबाट बलिङ गरेका बलर मध्ये अनितले १ विकेट लिए ।
उक्त एनसिडिए क्रिकेट टिमका सरोज म्यान अफ द म्याच भए ।
















Discussion about this post