सिरहा/माघ ३ गते। प्रहरीले सिराहाबाट २०४ बोरा अवैध प्याज बोकेको ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाको टोलीले मंगलबार राति २ बजे सिराहाको लहानबाट काठमाडौँतर्फ लैजाँदै गरेको अवस्थामा मुसहर्निया सडक खण्डमा उक्त प्याजसहित ट्रक चालकलाई नियन्त्रणमा लिएको हो । बरामद प्याज ४ लाख ८ हजार मूल्य बराबर रहेको प्रहरीले जनाएको छ ।
गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय धनगढीबाट गएको प्रहरी टोलिले चार लाख आठ हजार मूल्य बरावरको दुईसय चार बोरा अवैध प्याज, प्याज बोकेको सवारीसाधन प्र १–०२–००१ ख ९१६१ नम्बरको ट्रक र त्यसका चालक उदयपुर कटारीका २६ वर्षका राजेश कटुवाल पनि पक्राउ परेका छन् ।
बरामद प्याजसहित कटुवाललाई सवारी साधन राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिए ।

















Discussion about this post