nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सुशासनको लागि शपथ लिन अध्यक्ष यादवको आव्हान

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ३, २०८०, ८:३० मध्यान्ह
सुशासनको लागि शपथ लिन अध्यक्ष यादवको आव्हान

जनकपुरधाम/माघ ३ गते । मधेश प्रदेशको नामाकरण तथा स्थायी राजधानी घोषणा भएको ऐतिहासिक दिन स्वाभिमान दिवसको अवसरमा तात्कालीन प्रदेश सभाका सदस्यहरुलाई बुधबार एक कार्यक्रमबीच सम्मान गरियो !

गृह संचार तथा कानून मंत्रालयद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष, सांसद तथा पूर्व उपप्रधानमंत्री उपेन्द्र यादवले अधिकार सम्पन्न नभए संघीयताको कुनै अर्थ नरहने बताउनुभयो ।

“मुख्यमंत्री छ, झण्डा छ, सरकारपनि आफ्नो छ तर राज्य आफ्नो छैन भने संघीयताको कुनै अर्थ रहदैन, उहाँले स्पष्ट पार्नुभयो । अधिकारको लागि केन्द्रलाई घचघचाइरेको आठ बर्ष भएको प्रसंग कोट्याउंदै नेता यादवले बिना साधन स्रोतको अवस्थामा मधेश प्रदेशले बेथिति बेहोर्नु परेको उल्लेख गर्नुभयो । यसको अन्त्य हुन जरुरी छ, उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो , सबैलाई सम्मान, अवसर चाहिन्छ । सम्मान र पहिचानको लडाई जारी छ । विचारोत्तेजक मन्तव्य दिनुहुंदै जसपा अध्यक्ष यादवले अधिकारको संघर्षसंगै मधेशमा सुशासनको आवश्यकता पनि उतिकै रहेको खांचो रहेको औंल्याउनुभयो । भ्रष्टाचार र कमीशनतंत्र सुशासनको शत्रु भएको तथ्यतर्फ संकेत गर्नुहुंदै अध्यक्ष यादवले सुशासनको लागि शपथ लिनपनि भावपूर्ण शब्दमा आव्हान गर्नुभयो । संघीयता त अरुलाईपनि चाहियो तर हाम्रो लागि संघीयता प्राणवायु हो भन्नुहुंदै उहांले राजनीतिकर्मीहरुलाई भ्रष्टाचारको दलदलमा नफंस्नपनि कडा निर्देश दिनुभयो ।

मधेश प्रदेशका मुख्यमंत्री सरोजकुमार यादवले सभामुख हुंदा नामाकरणमा आफूले खेलेको महत्वपूर्ण भूमिकाबारे प्रकाश पार्नुहुंदै आफूले नियमावली संशोधन गरी गोप्य मतदान गर्न लगाएपछि स्थिति फेरिएको बताउनुभयो ।

लालबाबु राउत नेतृत्वको तात्कालीन सरकारसँग सामान्य बहुमतमात्र रहेको अवस्थामा प्रदेशसभा सदस्यहरुसंग वन टु वन कुरा गरेको स्मरणपनि मुख्यमंत्री यादवले गर्नुभयो ।

सो अवसरमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति तथा भौतिक पूर्वाधार विकास मंत्री कृष्णप्रसाद यादवले मधेश आंदोलन एवं मधेश प्रदेश नामाकरणमा नेपाली कांग्रेसको पनि योगदानकम नरहेको चर्चा गर्नुभयो । तथापि मात्र मधेशको राग अलापेर काम नचल्ने बताउंदै मंत्री यादवले अब २४ मा २० घण्टा काम गर्नुपर्छ, बताउनुभयो ।

६१ लाख आबादीमा १३ अर्ब बजेट र कतै १८ लाख आबादीमा १८ अर्ब बजेट छ, अन्याय अहिले पनि भैरहेको उदाहरण अघि सार्दै उहांले भन्नुभयो ।
अर्थमंत्री संजय कुमार यादवले मधेश र मधेशी जनताको अधिकार कुंठित गरी अंतरिम संविधानमा नाम नलेखिंदा संविधान जलेको प्रसंग उल्लेख गर्नुभयो।
मधेशीलाई दोयम दर्जाको नागरिक ठानिदा ठूलो आन्दोलन भएको बताउंदै उहांले यो मात्र स्वाभिमान दिवस हैन यसले मधेशीलाई अन्तर्राष्ट्रीयस्तरमा मान सम्मान दिलाएको धारणा पनि राख्नुभयो।
एकीकृत समाजवादी पार्टीका नेता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मंत्री गोविन्द बहादुर न्यौपानेले आफूहरुको कांधमा ठूलो जिम्मेवारी आएको प्रसंग अघि सार्दै कृषिमा लाग्न नचाहने युवा जमातलाई कृषितर्फ फर्काइनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । मधेश प्रदेशलाई कसरी समृद्ध र खुशहाल बनाई मधेश प्रदेशको गौरव कसरी कायम गर्नेतर्फ सबै केन्द्रित हुन अपीलपनि उहाँले गर्नुभयो ।

उद्योग, वाणिज्य तथा पर्यटन मंत्री सुनीता यादवले सात प्रदेश मध्ये पहिचानको आधारमा मधेश प्रदेशको मात्र नामाकरण हुनसक्नु गर्वको कुरा भएको बताउनुभयो ।
चुनौती अझ छन्, संघीयतामाथि बारम्बार प्रहार भैरहेको बताउंदै उहाँले संघीयता बचाउन अधिकारवादीहरुलाई अग्रणी भूमिका खेल्न तयार रहनसमेत आव्हान गर्नुभयो ।

पूर्व मुख्यमंत्री लालबाबु राउतले मधेश प्रदेश नामांकरणमा सबै राजनीतिक दलका नेताहरुको भूमिका रहेको चर्चा गर्नुहुंदै मधेश स्वाभिमान दिवस घोषणाको प्रशंसा गर्नुभयो । कार्यक्रमको अध्यक्षता गर्नुहुंदै गृह, संचार तथा कानून मंत्री मोहम्मद समीमले मधेशका लागि जब जब परीक्षा दिनुपरे आफू कसीमा खडा ओर्लने प्रतिवद्धता व्यक्त गर्नुभयो । भ्रष्टाचारको मामिलामा आफू शून्य सहनशीलताका प्रस्तुत हुने विश्वास पनि सो अवसरमा उहाँले दिलाउनुभयो ।
उक्त अवसरमा गृह, संचार तथा कानून मंत्रालयका निमित्त सचिव उत्तम खरेलले स्वागत मन्तव्य दिनुभएको थियो ।

Discussion about this post

Related Posts

जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, महासचिवमा सञ्जय यादव निर्वाचित

जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, महासचिवमा सञ्जय यादव निर्वाचित

गंगासागर छठ पूजा समितिको अध्यक्षमा सतीशकुमार लाल दास निर्वाचित

गंगासागर छठ पूजा समितिको अध्यक्षमा सतीशकुमार लाल दास निर्वाचित

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्य गर्दै नयाँ संविधान निर्माणको प्रस्ताव

जसपाका चार नेताले छाडे उपेन्द्र यादवकाे साथ, ‘हुंकार मधेश’ अभियानमा जाेडिए

जसपाका चार नेताले छाडे उपेन्द्र यादवकाे साथ, ‘हुंकार मधेश’ अभियानमा जाेडिए

किरायामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास

किरायामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास

‘जेलर २’ १ हजार करोड भारु कमाउने पहिलो तमिल चलचित्र बन्ने संकेत

‘जेलर २’ १ हजार करोड भारु कमाउने पहिलो तमिल चलचित्र बन्ने संकेत

दुबई-तेल अवीव उडान दुर्घटना गराउने प्रयास: को हुन् आरोपी सह-पाइलट हमाम अल-हमामी?

दुबई-तेल अवीव उडान दुर्घटना गराउने प्रयास: को हुन् आरोपी सह-पाइलट हमाम अल-हमामी?

धनुषाको हँसपुर नगरपालिका वडा न- ८ का वडा अध्यक्षको निधन

धनुषाको हँसपुर नगरपालिका वडा न- ८ का वडा अध्यक्षको निधन

धान खेतमा बिछ्याइएको खुला तारमा करेन्ट लागेर सीतामढीमा तीनको मृत्यु, दुईजना घाइते

धान खेतमा बिछ्याइएको खुला तारमा करेन्ट लागेर सीतामढीमा तीनको मृत्यु, दुईजना घाइते

स्रोत नखुलेको एक लाख आठ हजार भारुसहित दुईजना भारतीय पक्राउ

पोखरीमा घोप्टो अवस्थामा भेटिए २८ वर्षीय युवकको शव, मृत्युको कारण खोज्दै प्रहरी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि