पुस २५ गते । राजविराज नगरपालिका वडा नं. ९ का निवर्तमान वडाअध्यक्ष शम्भुप्रसाद यादव (लाली)को घरको कम्पाण्ड भित्रैबाट स्कारपियो गाडी चोरी भएको छ ।
मंगलबार राती घरको मूल गेटमा ताल्चा लगाई कम्पाउण्डमा राखिएको बा.१४.च. २९३५ नम्बरको स्कारपियो गाडी चोरी भएको हो ।
मंगलबार राती ८ बजेतिर घर फर्केका यादवले गाडीलाई कम्पाउण्डभित्र राखी मुल प्रवेश गेटमा ताल्चा लगाएर आराम गर्न गएका थिए । सुरक्षित साथ राखिएको गाडी बुधबार बिहान उठ्दा मात्र चोरी भएको उनले थाहा पाएको बताए ।
कम्पाउण्ड गेट र गाडीको साँचो राख्ने ठाउँ आफ्नो परिवारका सदस्य र केही गाडीका पुराना स्टाफलाई समेत जानकारी रहेकाले तीनै स्टाफ मध्ये कसैले स्कारपियो चोरेको हुनसक्ने उनको आशंका छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले गाडी चोरी भएको जानकारी आएपछि अनुसन्धान सुरु गरिएको बताउँदै लिखित रुपमै जाहेरी आएपछि थपअनुसन्धान गरिने जनाएका छन् ।

















Discussion about this post