जनकपुरधाम/पुस २४ गते। जनकपुरधामको बस स्टेण्डबाट बस चोरी भएको छ ।
महोत्तरीको पिपरा गाउँपालिका ३ बस्ने कालिन्द्र मिश्राको रहेको सो बस जिरोमाइल स्थित बस स्टेण्डबाट ना ४ ख २३२७ नवदुर्गा ट्राभल्स चोरी भएको हो ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार जनकपुरदेखि महोत्तरीको भिठ्ठामोडसम्म चल्ने यो बस हिजो बस पार्कमा पार्किंग गरी राखिएको थियो । सो बस मंगलबार अपराहन्न ४ बजे नदेखेपछि प्रहरीमा खबर गरिएको थियो ।
अन्यत्र जिल्लामा सो एक बेवारिसे बस रहेको जानकारी आएको र बुझ्ने प्रयास गरिरहेको डिएसपी अवाले बताए ।

















Discussion about this post