जनकपुरधाम/पुस १९ गते। अवैध रुपमा खोला उत्खनन गरिरहेको ट्याक्टर धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ मा परने जलाद खोलामा गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा ज १ त ८५०३ र प्र . २-०२-००१ त १२२६ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएका छन् ।
धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको गस्ती टाेलीले खाेलाबाट अवैध उत्खननमा प्रयोग भएको ट्याक्टरलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको प्रहरीले जनाएका छन् ।
Discussion about this post