पुस १८ गते। नेपाल विद्युत प्राधिकरणले जडान गरेको ट्रान्सफर्मर चोरी गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गत मंसिर १३ गते राति बारा सिम्रौनगढ नगरपालिका वडा नं. ३ श्रीनगर बैरिया र मंसिर २३ गते पचरौता नगरपालिका वडा नं. ५ बेल्दारीबाट ट्रान्सफर्मर चोरी भएको थियो ।
सोही सूचनाको आधारमा प्रहरीले भारत मोतिहारी, विन्धवा सोनीमा ग्राम घर भएका बर्ष २२ को जैसिलाल यादवलाई पक्राउ गरेको हो ।
उनको साथबाट ट्रान्सफर्मरबाट चोरी भएका सामान बरामद भएको पनि प्रहरीले जनाएको छ । यादवले टान्सफर्मरको क्वायल निकालेर लगेका थिए
Discussion about this post