nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुर-जयनगर रेल २० महिनामा १३ करोडभन्दा बढी घाटामा

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १५, २०८०, १:०० मध्यान्ह
कुर्था–जयनगर चल्ने त्रिपालमुनी छोपिएको रेलको पूनः सफल परिक्षण गरियो , रेल छिट्टै सञ्चालनको तयारी

जनकपुरधाम/पुस १५ गते । एक अर्बभन्दा बढीमा खरिद गरी रेल सेवा सञ्चालनमा ल्याएको २० महिना बितिसके पनि नेपाल रेल वे कम्पनीको आम्दानीको तुलनामा खर्च झण्डै दुई गुणा बढी छ ।

नेपाल रेल वेमा भारतीय कर्मचारीकै हालीमुहाली रहेको र १३ करोडभन्दा बढी घाटामा गइसके पनि कम्पनीले न नेपाली कर्मचारी भर्नाको प्रक्रिया सुरु गरेको छ न आम्दानी बढाउने उपाय नै खोजेको छ । नेपाल रेल वेको ९६ वर्षको लामो इतिहास रहे पनि जयनगरमा भारतीय सुरक्षा तथा भन्सार अधिकारीले नै जाँच गर्दै आएका छन् ।

नेपाल रेल्बे कम्पनीको १० मध्ये यो अन्तिम रेल्बे स्टेशन जयनगर हो । बि्रटिस ईन्डिया कम्पनीकै पालामा विक्रमसम्वत १९८४ मा नेपाली रेल्बे स्टेशन स्थापना भएको हो । तर, नेपाली सुरक्षाकर्मीलाई यहाँ चेक गर्न रोक छ । प्रहरीले हतियार पनि लिएर जान पाउँदैनन् । जयनगर -जनकपुर-भगंहा रेल्बेको सुरक्षाको जिम्मेबारी सशस्त्र प्रहरीको रहेपनि कुनै प्रकारको रेल सुरक्षा उपकरण भने छैन ।

सशस्त्र प्रहरी मधेश प्रदेशका डीआईजी दीपेन्द्र शाहले भने, ‘हामी रेलवेको भित्र पनि चेक गर्छौं जयनगरमा पनि  । तर रेलवे भन्दा बाहिर आएर चाहिँ हामी चेक गर्दैनौं यो हामीले नेपाल रेलवेबाट पाएको जिम्मेवारी अनुसार नै गरिरहेका छौं ।’

एकातर्फ यस्तो समस्या छ भने अर्कोतर्फ नेपाल रेल्वे कम्पनीमा भारतीय कर्मचारीको दबदबा छ । रेल चलाउनका लागि सुरुका दिनमा भारतबाट मुख्य २६ जना जनशक्ति ल्याएकोमा अहिले १७ जना कार्यरत छन् । कर्मचारीको तलवभत्ता, रेलको सरसफाई र मर्मत सम्भारका नाममा नेपाल रेल्बेले भारतीय कोंकन कम्पनीलाई मासिक ७० लाख भारतीय रुपैयाँ बुझाउँदै आएको छ । जबकी प्रबन्धक सञ्चालकसहित १ सय ३ जना नेपाली कर्मचारीको मासिक तलब १७ लाख मात्र छ ।

रेल्वेलाई प्रत्येक महिनाको आम्दनी ७५ लाख छ भने खर्च भने १ करोड २९ लाख भन्दा बढि छ । रेल्वे कम्पनीले मासिक ज्यालादारीमा कर्मचारी भर्नाको प्रक्रिया सुरु नगरेको भने पक्कै होइन । १ सय २९ जना कर्मचारीको मांगसहित गरेको विज्ञापनमा प्रकृया नपुगेको भन्दै लोकसेवाले रोक लगाएपछि रेल्बेले पुनः अर्को प्रयास भने थालेको छैन ।

नेपाल रेल्वे कम्पनी लिमिटेड जनकपुरधामका प्रबन्ध सञ्चालक निरञ्जन कुमार झाले भने, ‘यो एक साताभित्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल रेलवे कम्पनीका लागि चाहिने कर्मचारीहरूको संगठन संरचना र दरबन्दी पास गर्नेछ ।  र कर्मचारीको भर्ना प्रक्रिया पनि अगाडि बढ्नेछ । लोकसेवा आयोगले यसको परीक्षा लिनेछ।’

नेपाल रेल्वे कम्पनीले कुनै पनि हालतमा मात्र यात्रु ढुवानी गरेर नाफा आर्जन गर्न सक्दैन । यसको उदाहरण हो डेमो रेल सञ्चालनमा आएको २० महिना भन्दा बढि भइसके पनि १३ करोड भन्दा बढी घाटामा छ । यस्तो गम्भीर समस्या हुदाँहुदै पनि रेल्वे कम्पनीले अहिलेसम्म मालबाहक रेल सञ्चालनमा ल्याउन सकेको छैन ।

कार्गो सेवा सञ्चालनमा ल्याउन सके मधेश प्रदेश लगायतका उद्योगी व्यवसायीहरुलाई भारतबाट सिधै कच्चा पदार्थ, कोयला, खाद्यान लगायतका सामानहरु ढुवानीमा धेरै नै कम खर्च पर्न जान्छ । कार्गो सेवा सञ्चालनका लागि भारतीय दूतावास १०/१० वटा बग्गीसहितको २ सेट रेल दिन तयार रहे पनि नेपाल सरकारले नै कुनै चासो नदेखाएको स्रोतको भनाइ छ । कान्तिपुर टेलिभिजनको सहयोगमा तयार समाचार ।

Discussion about this post

Related Posts

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

३०० वर्ष पुरानो ‘बाओबाब’ रूख चोरी हुनवाट रोकियो, अब अफ्रिकामै रोपिने

३०० वर्ष पुरानो ‘बाओबाब’ रूख चोरी हुनवाट रोकियो, अब अफ्रिकामै रोपिने

हसिनाको घोषित फिर्ती अघि बंगलादेशमा सीमा सुरक्षा कडा

हसिनाको घोषित फिर्ती अघि बंगलादेशमा सीमा सुरक्षा कडा

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि