सप्तरी/पुस १२ गते । सप्तरीको राजविराजस्थित एक गेष्ट हाउसबाट प्रहरीले प्रतिबन्धित लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका १० डङ्ग्राही बस्ने २६ वर्षका सुनिल मण्डल र राजगढ गाउँपालिका १ झुट्की बस्ने ४२ वर्षका रमानन्द यादव रहेका छन् ।
पक्राउ परेका दुबै जनाको साथबाट प्रहरीले फेनारगन ८४ (पिस), डाईजोपम ८४ (पिस) र टेलजेसिक–८४ (पिस) बरामद गरेको छ भने उनीहरुले प्रयोग गर्ने एक थान मोटरसाइकल समेत नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र लागु औषध ब्युरो शाखा कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलिले मंगलबार गोप्य सुचनाको आधारमा राजबिराज ४ स्थित राहुल गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरि बुधबार जिल्ला अदालत सप्तरीबाट ७ दिनको म्याद थप गराई थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।
Discussion about this post