पुस ५ गते । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा विभिन्न पदको लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ। मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले एक सूचना प्रकाशित गरि करारमा छैठौं, सातौं, आठौं र नवौं तहका कर्मचारी माग गरेको छ । निर्देशनालयले विभिन्न १९ पदमा १६१ जना करार कर्मचारी भर्ना गर्न सूचना प्रकाशित गरेको हो ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निर्देशनालयको वेबसाइटबाट फाराम डाउनलोड गरेर आवेदन दिन सकिने जनाइएको छ । आवेदकको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ भने छैठौं, सातौं र आठौं तहमा लिखित र अन्तर्वार्ता दुबै हुने र नवौं तहका लागि अन्तर्वार्ता मात्रै हुने सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस सूचना


















Discussion about this post