मंसिर २८ गते। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् ।
मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् । भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । उनीमाथि लेगुवाकै महेश राईले मुक्का हानेका हुन् ।
ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरेका हुन् ।
एक मुक्का हानेपछि राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका थिए । ओली मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्वपश्चिम अभियानका क्रममा आज धनकुटा पुगेका थिए।
कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार मादक पदार्थ सेवन गरेका व्यक्तिले ओलीमाथि हात उठाएका थिए।





















Discussion about this post