मंसिर २७ गते। बाराको जितपुर सिमरा उपमहानगपालिका २२ स्थित चुरियामाई मन्दिर नजिकै बाट प्रहरीले २६ किलो चरेश-गाँजा सहित २ जना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको भरतपुर-२७ बस्ने बर्ष ४२ को रोशन बहादुर दमई र माडी नगरपालिका-६ बस्ने बर्ष ५२ को देव नारायण महतो रहेका छन् ।
प्रहरीका अनुसार हेटौडा उपमहानगरपालिका- १५ स्थित रातोमाटे चेक पोष्ट बाट बा. १४ च ३७०८ नं.को कार चेक जाँच नगराई फरार हुन साथ बारा प्रहरी र मकवानपुर प्रहरीको बिशेष प्रहरी टोलीले उक्त गाडीलाई चुरियामाई मन्दिर नजिको जंगलमा लुकाई छिपाई राखेकोमा फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गाडीलाई चेकजाँच गर्दा २६ किलो ८०० ग्राम अबैध लागु औषध चरेश/गांजा बरामद गरी गाडीमा सवार २ जना मानिस सहित गाडी नियन्त्रणमा लिईको हो । दुबै जनालाई पक्राउ गरि आवश्यक कानूनी प्रकृया गरीबढाएको र थप अनुसान्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post