nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सर्लाहीको बागमती नगरपालिकाको सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण बढ्दै

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १८, २०८०, ६:२९ मध्यान्ह
सर्लाहीको बागमती नगरपालिकाको सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण बढ्दै

मंसिर १८ गते । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला सर्लाहीको बागमती नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बागमती नगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले नगरका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा प्राथमिकता दिएपछि पछिल्लो समय सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।

सामुदायिक विद्यालयको पूर्वाधारको विकाससँगै नेपाली र अङ्ग्रेजी माध्यमबाट सिकाइ, शिक्षकको पनि प्रयोगात्मक परीक्षा, विद्यालयका लागि अतिरिक्त क्रियाकलाप सुरु गरेपछि निजी विद्यालय छोडेर सामुदायिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्या बढेको नगरपालिकाको शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिए ।

उनले नगरपालिकाको पहलमा वृहत् राष्ट्रिय शिक्षा अभियानका अभियान्ता अभिषेक घिमिरेले नगरभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधारमा निर्वाह गरेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताए ।

ती सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको समेत व्यवस्था गरिनु अभिभावक र विद्यार्थीको आकर्षणको मुख्य पाटो रहेको नगर शिक्षा शाखाका ओमबहादुर कार्कीले बताए । उनका अनुसार नगरभित्रका २५ वटै सामुदायिक विद्यालयमा नेपाली र अङ्ग्रेजी माध्यमबाट अध्यापन भइरहेको छ ।

कक्षा ५ सम्म अनिवार्य अङ्ग्रेजी माध्यम र कक्षा ६ देखि १२ सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यममा अध्यापन अध्यापन भइरहेको नगर शिक्षा शाखाले जनाएको छ । नगरभित्र रहेका पाँच वटा माध्यमिक विद्यालयमध्ये तीन वटामा प्राविधिक विषयको पनि अध्यापन भइरहेको छ । वडा नं ८ स्थित शङ्करपुरमा रहेको नवजन जागरण माविमा पशु सेवा, बागमती नगरपालिका– ५ स्थित सोल्टीमा रहेको जनता माविमा कृषि र बागमती नगरपालिका–११ स्थित कर्मैयामा रहेको श्री ५ महेन्द्र माविमा सिभिल इन्जिनियरिङको अध्यापन भइरहेको नगर शिक्षा विकास समितिका संयोजक राजकुमार विकले जानकारी दिए ।

उनका अनुसार नगरभित्रका सामुदायिक विद्यालयमा गत शैक्षिक सत्रमा करिब सात हजार विद्यार्थी अध्ययनरत रहेकामा यसवर्ष करिब सात हजार छ सय विद्यार्थी सङ्ख्या पुगेको छ । नगरपालिकाभित्रका कुनै पनि सामुदायिक विद्यालयमा भएका भौतिक संरचनाभन्दा बढी विद्यार्थी हुने भएपछि भर्ना कार्यक्रम रोकेर सङ्ख्यात्मकभन्दा गुणात्मक विकास गर्न लागिएको उनको भनाइ थियो ।

केही वर्ष अघिसम्म अधिकांश विद्यार्थी र अभिभावकको रोजाइ निजी विद्यालय थियो तर स्थानीय तहको निर्वाचन २०७४ पछि यहाँका जनप्रतिनिधिका साथै कर्मचारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने बाध्यकारी नियम बनाएर ती विद्यालयको गुणस्तरमा सुधार भएपछि यहाँका अभिभावक र विद्यार्थीको रोजाइ अहिले सामुदायिक विद्यालय नै भएको नवजन जागरण माविका प्रधानाध्यापक बद्रीप्रसाद पोख्रेलले बताए ।

उनका अनुसार निजी विद्यालयकै झैँ नेपाली र अङ्ग्रेजी दुवै माध्यमका साथै अतिरिक्तमा प्राविधिक धार सुरु भएपछि अभिभावक र विद्यार्थीको आकर्षण बागमतीका सामुदायिक विद्यालयतर्फ बढेको हो ।

सामुदायिक विद्यालयको भौतिक संरचनाको व्यवस्थापन, शिक्षाको गुणस्तर सुधारका साथै प्राविधिक तर्फपनि थोरै शुल्कमा अध्यापन गर्न पाउने भएपछि नगरभन्दा बाहिरका अभिभावक तथा विद्यार्थीको पनि आकर्षण बढेको जनता माविका प्रधानाध्यापक लोकनाथ दाहालले बताए । विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएकाले प्रवेश परीक्षाको माध्यमबाट मात्र विद्यार्थी भर्ना लिन कर्मैयास्थित महेन्द्र माविका प्रधानाध्यापक नवकिरण श्रेष्ठले बताए ।

“पहिला पहिला यहाँका सामुदायिक विद्यालयमा विद्यार्थी पढ्नै मान्दैनथे तर अहिले सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि तछाडमछाड चल्छ, नगरपालिकाले मापदण्ड बनाएको छ, सोहीअनुसार विद्यार्थी भर्ना लिने गरेका छौँ”, उनले भने । विद्यार्थी भर्ना गरिदिनु पुर्याे भनेर चर्को दबाब आउँछ तर नगरपालिकाले निर्धारण गरेको मापदण्ड र विद्यालयको भौतिक संरचनाका साथै सङ्ख्यात्मकभन्दा गुणात्मक विकासमा लाग्ने तयारी भएकाले भर्ना लिनसक्ने अवस्था नरहेको सामुदायिक विद्यालयको भनाइ थियो ।

पछिल्लो समय सामुदायिक विद्यालयमा भएको शैक्षिक सुधारले थोरै लगानीमा गुणस्तरीय शिक्षा पाउने भएपछि अभिभावकसमेत उत्साहित भएका छन् । साथै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागू भएपछि नगरका सामुदायिक विद्यालयले पढ्दै कमाउँदै कार्यक्रमबाट विपन्न अभिभावकलाई थप राहत पुगेको महसुस गरिएको नगरप्रमुख भरतकुमार थापाले बताए ।

उनका अनुसार पढ्दै कमाउँदै कार्यक्रम लागू भएपछि विद्यार्थीले पढाइको समयभन्दा अन्य समय केही रकम कमाउन थालेपछि कापी कलम किन्न अभिभावकले पैसा खर्च गर्नुपर्ने अवस्था अन्त्य भएको छ ।

स्थानीय तहमा आफू निर्वाचित भएर आएपछि सामुदायिक विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरमा सुधारका लागि अथक प्रयास गरिरहेको नगर प्रमुख थापाले बताए । उनका अनुसार विद्यालय भवन, छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, शुद्ध पिउने पानी, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, विज्ञान प्रयोगशाला, कालो बोर्डलाई हटाइ सेतो बोर्डको व्यवस्था, प्रविधिमैत्री र बालमैत्री पठनपाठनको व्यवस्था गरिएको छ ।-रासस

 

Discussion about this post

Related Posts

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

सलमान खानले भने, ‘पूर्ण सुरक्षा हुँदाहुँदै पनि सधैँ डर लागिरहन्छ’

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

अन्ततः ‘हनु-म्यान २’ बनाउने घोषणा, वैष्णव तेज मुख्य भूमिकामा

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने

३०० वर्ष पुरानो ‘बाओबाब’ रूख चोरी हुनवाट रोकियो, अब अफ्रिकामै रोपिने

३०० वर्ष पुरानो ‘बाओबाब’ रूख चोरी हुनवाट रोकियो, अब अफ्रिकामै रोपिने

हसिनाको घोषित फिर्ती अघि बंगलादेशमा सीमा सुरक्षा कडा

हसिनाको घोषित फिर्ती अघि बंगलादेशमा सीमा सुरक्षा कडा

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए पद तथा गोपनीयताको शपथ

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

मधेश प्रदेशस्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शिवकुमार सदा चयन

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

स्वास्थ्यकर्मी र शिक्षकलाई अपाङ्गता समावेशीकरण तथा मानव अधिकारसम्बन्धी तालिम

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि