जनकपुरधाम,/मंसिर १८ गते। धनुषामा फेरी एक महिलाको शव फेला परेका छन् ।
धनुषाको मिथिला नगरपालिका वडा नं.५ स्थित श्रीपुर गाउँबाट पाँच सय मिटर पूर्वमा रहेको औरही खोलाको बाँध छेउमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।
मृतक महिलाको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । अनुसार आइतबार बेलुकी स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थियो ।
शव पहिचानका लागि विभिन्न माध्यमबाट प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत मंगलबार पनि धनुषामा एक महिलाको शव फेला परेको थियो । धनौजी गाउँपालिका–४ भडरियास्थित आँप घारीको बीचमा रहेको पोखरीमा परालले छोपिएको अवस्थामा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको थियो। अहिलेसम्म उनको समेत पहिचान खुलेको छैन ।

















Discussion about this post