मंसिर १४ गते। मधेश प्रदेश पोखरामा जारी केपी ओली टी–२० प्रतियोगिताको फाइनलमा पुगेको छ ।
बिहीबार सम्पन्न सेमिफाइनल खेलमा एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै मधेश प्रदेश फाइनलमा पुगेको हो ।
मधेश प्रदेशले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ९ विकेट गुमाउदै १ सय ८६ रन बनाएको थियो । यसअघि पहिला ब्याटिङ गरेको मधेश प्रदेशले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ९७ रन बनाएको थियो ।
अब मधेसले फाइनलमा भोलि शुक्रवार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । यसअघि आजै भएको पहिलो सेमिफाइनलमा बाग्मती प्रदेशलाई हराउँदै आर्मी फाइनलमा पुगेको हो ।आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अनुसार फाइनल खेल शुक्रबार हुने छ ।

















Discussion about this post