उमेश कुमार साह/सप्तरी/मंसिर १२ गते। बोदे बर्साईन नगरपालिका वडा नम्बर ७ मा रहेका श्री ५ महेन्द्र चुन्नि माध्यमिक विध्यालयले ७३ औँ वाषिर्कोत्सव तथा बिद्यालय दाता परिवार स्व. गुन्जेश्वर यादवको शालिक अनावरण मानएका छन् ।
शैक्षिक क्षेत्रमा उत्कृष्ठ क्रियाकलाप गर्दै पढाईको लागि नमुनाको रुपमा चिनिने श्री ५ महेन्द्र चुन्नि माध्यमिक बिधालयले सफलतम ७३ औ बार्षिक उत्सव विभिध कार्यक्रम संगै सम्पन्न गरेको हो ।

एक कार्यक्रमको बीच बिधालय ब्यवस्थापन समिति अध्यक्ष दिगम्बर प्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
यसैगरी कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सरकारका अर्थ मन्त्री माननीय संजय कुमार यादवले कार्यक्रममा बोल्दै ७३ औं वर्ष अगाडी आजकै दिन तत्कालीन राजा महेन्द्र बिरविक्रम साहले विद्यालयको शिलान्यास गरेको बताए ।
बोदे बर्साईन क्षेत्रका समाजसेवी स्वर्गीय गुन्जेश्वर यादवले दान गरेको अमुल्य जग्गामा विद्यालय स्थापना भएको बताए । कार्यक्रममा प्रमुख अतिथि यादवले भने तत्कालीन समयमा दरभंगा,मधुबनी, लगायत भारतको विभिन्न ठाउँमा यहाँका स्थानीयलाई पढ्न जाने बाध्यता रहेकाले समाजसेवी स्वर्गीय गुन्जेश्वर यादवले शिक्षारूपी अन्धकारलाई हटाउन शिक्षा क्षेत्रमा लगानी गरेको थियो । कार्यक्रमको बीच प्रमुख अतिथि यादवद्वारा बिद्यालय दाता परिवार स्व.गेन्जेश्वर यादवको शालिक अनावरण गरियो।

















Discussion about this post