जनकपुरधाम/मंसिर १२ गते। धनुषामा एक महिलाको शव फेला परेको छ । धनौजी गाउँपालिका वडा नं. ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएका छन् ।
मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माको टोली पुगेको छ ।
घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी शर्माले जानकारी दिए ।
शवको अवस्था हेर्दा करिब ६-७ दिन पहिला नै महिलाको मृत्यु भएको हुन सक्ने एसपी शर्माले बताए ।
उनले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।

















Discussion about this post