जनकपुरधाम/मंसिर ९ गते। लागूऔषध सहित प्रहरीले धनुषाबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका वडा नं.९ का ३० वर्षीय शंकर साेराङ्गी मगर रहेका छन् ।
सूचनाको आधारमा धनुषा नगराईनका वडा नं.२ जटहि चेक पाेष्ट अगाडि खटिएको प्रहरी टाेलीले चेकजाँच गर्ने क्रममा शंकरकाे साथबाट लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
चेकजाँच गर्दा मगरको साथबाट नाइट्रोभेट ट्यावलेट (५४० पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषा ले जनाएका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।

















Discussion about this post