मंसिर ८ गते। महोत्तरीको गौशालामा छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विद्यालय पढ्न आएकी बालिकालाई बिहीबार दिउँसो ४० रुपैयाँको प्रलोभन देखाई विद्यालयको छतमा लगेर बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गौशाला नगरपालिका–५ स्थित गौशाला एकेडेमीमा अध्ययनरत ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विद्यालय सञ्चालक ३३ वर्षीय जुगलकिशोर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।
अभिभावकले इलाका प्रहरी कार्यालय गौशालामा विद्यालय सञ्चालक साहले जबर्जस्ती करणी गरेको जाहेरी दर्ता गराएको प्रहरी निरीक्षक यादवले बताए । जाहेरीको आधारमा विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएर जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत महोत्तरीबाट अनुसन्धानका लागि ५ दिनको म्याद लिएको प्रहरी निरीक्षक यादवले बताए ।
पीडित बालिका र आरोपितको स्वस्थ्य परीक्षण गराएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post