उमेश कुमार साह/सप्तरी/असोज १९ गते । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ८ रजोपट्टिमा पर्ने श्री श्री १०८ श्री जितमहान बाबा मेला सुरु भएको छ ।
आज एक समारोहबीच बोदे बर्साईन नगरपालिकाका उपप्रमुख रेनु कुमारी साहले मेलाको उद्घाटन गरेकी हुन् । दुई दिनसम्म चल्ने जितिया मेला उद्घाटन समारोहको विशिष्ट अतिथि वडा अध्यक्ष बैजनाथ चौधरी , ओभरसियर डमर साह , स्थानीय प्रशासन लागायतका नेता कार्यकर्ता, युवा, बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।
मधेसमा श्रद्धापूर्वक तीन दिनसम्म जितिया पर्व मनाइन्छ । सन्तानको सुख, शान्ति र दिर्घायुको कामना गर्दै महिलाहरुले ३६ घण्टासम्म निराहार बसेर जितिया पर्व मनाउने गर्छिन् । प्रदेश सरकारले बुधवार जितिया पर्वको अवसरमा महिलालाई सार्वजनिक विदा समेत दिएको छ

















Discussion about this post